सुन्दरहरैंचाको भट्टीपुलमा दुर्घटना हुँदा एकजना घाइते

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ स्थित भट्टीपुलमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन ।

हरैचामा रहेको भट्टीपुल स्थित घिनाघाट बिराटचोक भित्री पक्की सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जाँदै गरेको को ३८ प ४६४ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका वडा नं ३ बाँसबारी बस्ने वर्ष ४० को नबिन बास्तोला घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते बास्तोलाको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *