सुन्दरहरैचा नगरपालिकाको नगर प्रहरी दिक्षान्त समारोह
योगेन्द्र योगी
बिराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिकाले नगरको शान्तिसुरक्षा कायमगर्न नगर प्रहरी भर्ति गरी १५ दिने तालिम समापन गरी नगर प्रहरीलाई दिक्षान्त समाहारोमा दर्जेृनी चिन्ह प्रदान गरेको छ । सुन्दरहरैचा वडा नम्बर ४ को कार्यालयमा नगर प्रमुख केदार प्रसाद गुरागाईको आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो ।
समारोहलाई सम्बोधन गर्दै लाई नगर प्रमुख गुरागाईले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफूलाई स्थापित हुने गरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी सहायक निरिक्षक तथा जवानलाई निर्देशन दिए ।

उनले विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै कसैको दवाव र प्रभावमा नपरी नगर प्रहरी नियुक्त गरिएको स्पष्ट पारे ।नगरप्रहरीलाई बिधिमा रहेर अनुशासनमा रहेर, नगरप्रहरीलाई काम कर्तव्य गर्न आग्रह गदै नगर प्रमुख गुरागाईले नगरप्रहरीका १२ वटा अधिकार भित्र रहेर महत्वपुर्ण काम गर्नु पर्ने र ब्यत्ति भन्दा बिधिलाई मान्नु पर्ने बताए ।
स्थानीय सरकारको काम, कारवाहीलाई प्रभावकारी बनाउन नगर प्रहरीको भर्ना गरिएको बताउँदै उनले सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

सुन्दरहरैचा नगरपालिकाको शिर ठाडो हुने गरी काम गर्न निर्देशन समेत दिएका छन्। नगर प्रहरीलाई बजार व्यवस्थापन, अग्नी नियन्त्रण, सरसफाई तथा फोहर व्यवस्थापनका बारेमा तालिम दिइएको छ ।
घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणलगायतका विषयमा पनि तालिम दिईएको नगरपालिकाले जनाएको छ। नगर प्रहरीमा महिला र पुरुष गरी २० रहेका छन ।
