लभ्ली एन्जल्स स्कुलको २८ औँ वार्षिकोत्सव सम्पन्न
लभ्ली एन्जल्स स्कुलको २८ औँ वार्षिकोत्सव सम्पन्न
मनिराम दाहाल / सुन्दरहरैंचा
मोरङको सुन्दरहरैंचा २ मा रहेको लभ्ली एन्जल्स इङ्ग्लिस बोर्डिङ स्कुलको २८ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौला थिए । उनले हरेक विद्यालयले शैक्षिक गुणस्तरलाई सीप सँग जोड्नुपर्ने उल्लेख गर्दै विद्यालय तथा अभिभावकले आफ्ना बालबच्चाको रुचि के मा छ तेसलाई प्राथमिकतामा राखेर शिक्षा दिनुपर्ने बताए ।
कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले यस क्षेत्रको शैक्षिक गुणस्तर वृद्धिमा विद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल मनोज रेग्मीले शिक्षाको प्रणाली परिवर्तन गर्नु पर्ने र आफू त्यस तर्फ प्रतिबद्ध रहेको बताए । उनले आफ्नो विद्यालयलाई पछिल्लो समय प्रविधिमैत्री बनाएको उल्लेख गरे ।
कार्यक्रमकाे अवसरमा रेडियो सुसेलीका प्रबन्ध निर्देशक बाबुराम निरौला सम्मानित भएका छन् । विद्यालयले हरेक वर्ष एक जना विभिन्न क्षेत्रमा योगदान पुर्याएका सामाजिक व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । विद्यालयको प्राङ्गणमा विविध कार्यक्रम सहित विभिन्न विधामा उत्कृष्ट हुने विधार्थीहरूलाई पुरस्कार वितरण गर्दै विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको विद्यालयका प्रिन्सिपल रेग्मीले जानकारी दिए ।
