क्वेस्ट इंग्लिस स्कुलद्वारा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

क्वेस्ट इंग्लिस स्कुलद्वारा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

एलएन गच्छदार / सुन्दरहरैंचा
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -८ मा रहेको क्वेस्ट इंग्लिस सेकेण्डरी स्कुलले आफ्नो शैक्षिक सहयोग अभियान अन्तर्गत यस वर्ष पनि छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई आर्थिक सहायता प्रदान गर्दै शिक्षा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान दिएको छ।
शनिबार १५ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा  छात्रवृत्ति वितरण गरेको हो।

विद्यालयका  प्रिन्सिपल दिपक क्षेत्रीका अनुसार कक्षा ३ देखि १० सम्मका ४२ जना विद्यार्थीलाई यस शैक्षिक सत्रमा कुल ८ लाख  रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको छ। यसका साथै, नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूका लागि छुट्टै कार्यक्रममार्फत ४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने छ।

प्रिन्सिपल क्षेत्रीका अनुसार, विद्यार्थीहरूको शैक्षिक विकासलाई प्रोत्साहन गर्न तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्न यो कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने लक्ष्य राखिएको छ।

विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूले यस अभियानलाई अत्यन्त सकारात्मक रूपमा लिएका छन्। विद्यालयको यो पहलले छात्रछात्राहरूलाई शिक्षामा थप अभिप्रेरित गर्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *