सुन्दरहरैंचामा ३० औं आदिवासी जनजाति दिवसको अवसरमा रक्तदान कार्यक्रम
सुन्दरहरैंचामा ३० औं आदिवासी जनजाति महासंघको अवसरमा रक्तदान कार्यक्रम
एलएन गच्छदार
सुन्दरहरैंचा
मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -७ गछियामा नेपाल आदिवासी जनजाती महासंघ नगरकार्य समितिको आयोजनामा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
३० औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा उक्त कार्यक्रम गरिएको महासंघ सुन्दरहरैंचाका अध्यक्ष सुमन याख्खाले जनाएको छ । रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेको आदिवासी जनजाति महासंघ नगर अध्यक्ष याख्खाले जानकारी दिए ।
हस्पिटलमा रगतको अभाव भएको र त्यसको परिपुर्ति गर्नको लागि नेपाल रेडक्रस सोसाइटी मोरंग शाखा बिराटनगरसंगको सहकार्यमा रगत दानजस्तो मानवीय पुण्य कार्य गरेको हो।
सो कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख अकली चौधरी रहेको थियो भने कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता देबराज तामाङ्, सो वडा अध्यक्ष भुवनसिंह आलेमगर, बिभिन्न जातीय संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। नेपाल आदिबासी जनजाति महासंघ नगर कोषाध्यक्ष परेश कुमार राईले सो कार्यक्रमको संयोजन गरेका थिए।
साथै पहिलो चरणको कार्यक्रम रक्तदान रहेको र भोलि अर्थात शुक्रबार विभिन्न आदिवासी जनजातिहरुको पहिचान झल्किने सांस्कृतिक झाँकीको प्रर्दशनसहित र्याली गरि औपचरिक कार्यक्रम हुने र आदिवासी जनजातिको भवन उदघाटन हुने नगर अध्यक्ष याख्खाले बताए ।