ओरीजीन अङ्ग्रेजी विद्यालयमा एकल नृत्य तथा खेलकुद प्रतिस्पर्धाका विजयी विद्यार्थीलाई पुरस्कार वितरण

एलएन गच्छदार / माघ ३० गते 

सुन्दरहरैंचा नगरपालिका वडा नं. १२, शुक्रबारेमा रहेको ओरीजीन अङ्ग्रेजी विद्यालयले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सांस्कृतिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले एकल नृत्य प्रतियोगिता तथा वार्षिक खेलकुद कार्यक्रम २०८१ को समापन गर्दै विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको छ।

बुधबार विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा एकल नृत्य तर्फ प्रि-प्राइमरी तहमा लक्ष्मी बराल प्रथम, मनिता पौडेल दोस्रो, अग्रता अधिकारी तेस्रो तथा सन्ध्या भण्डारी सान्त्वना स्थान प्राप्त गरिन ।

प्राइमरी तहमा कृतिका श्रेष्ठ प्रथम, कञ्चन श्रेष्ठ दोस्रो, नम्रता निरौला तेस्रो तथा आरोग्य घिमिरे सान्त्वना स्थानमा रहे। सिनियर समूहमा स्नेहा माझीले प्रथम स्थान हासिल गरिन् भने निङशान लिम्बु, प्रशंसा चौधरी र सवनम तमाङ क्रमशः दोस्रो, तेस्रो तथा सान्त्वना स्थान प्राप्त गरेको शिक्षक बिक्रम पौडेलले जानकारी दिए ।
विद्यालयका स्कुल क्याप्टेन बिबेक कुमार ठाकुरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूलाई खेलकुद तथा सांस्कृतिक गतिविधिमा सहभागी गराउन महत्वपूर्ण योगदान पुर्‍याएको विद्यालयका शिक्षक पौडेलले बताए।

त्यस्तै, विद्यालयको वार्षिक खेलकुद (स्पोर्ट्स मिट) अन्तर्गत विभिन्न खेलमा र एक नृत्यमा उत्कृष्ठ प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल, प्रमाण पत्र र ट्रफिले पुरस्कृत गरिएको थियो।

विभिन्न दौड प्रतियोगिता, लङ जम्प, हाई जम्प, कबड्डी, भलिबल तथा अन्य खेलकुद गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल रामचन्द्र श्रेष्ठले पुरस्कार वितरण गरेको बताए । प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने, आत्मविश्वास वृद्धि गर्ने,सांस्कृतिक तथा शारीरिक विकास, टीमवर्क र अनुशासन सिकाउने, स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने , शिक्षा र मनोरञ्जनको संयोजन गर्ने, अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै विद्यार्थीहरूको समग्र विकास सुनिश्चित गर्ने उद्धेश्यले रचनात्मक कार्य गर्दै आएको बताए।

सो अवसरमा प्याबसन नगर अध्यक्ष दिपक क्षेत्री, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोबिन्द कार्की, समाजसेवी मोहनलाल श्रेष्ठ लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। विद्यालयले विद्यार्थीहरूको बहुआयामिक विकासमा ध्यान दिँदै हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *