मोरङ क्षेत्र नं ३ का नव निर्वाचित प्रतिनिधीसभा सांसद डा. शर्मा आफ्नो बचन पुरा गर्दै

मोरङ क्षेत्र नं ३ का नव निर्वाचित प्रतिनिधीसभा सांसद डा.सुनिल शर्माले पूृर्वाञ्चल विश्वबिद्यालयलाई अब नयाँ ढंगबाट सञ्चालन गर्न आफु लागि पर्ने बताउनुभएको छ । सोमबार बिहान मोरङको गोठगाउस्थित पूर्वाञ्चल विश्व बिद्यालयको सभाहलमा आयोजित पत्रकारहरुसंग सांसद शर्माले यस्तो बताउनुभएको हो । उहाले आफु यस क्षेत्रबाट निर्वाचन भएलगत्तै बिश्वबिद्यालयलाइ नयाँ व्यवस्थापन र योजना बनाएर सञ्चालन गर्ने बिषयमा सम्बन्धित ब्याक्तीहरुसंग सल्लाह गरिरहेको बताउनुभयो ।


बिगतमा दिनको १० बजे देखि १२ बजे सम्म मात्रै स्वास्थ्य सेवा सुचारु गरेको बिश्वबिद्यालयलाई माघ महिनादेखि २४ सै घण्टा सञ्चालनमा ल्याउने गरी सहमती भइसकेको डा.शर्माले बताउनुभयो ।
निर्वाचन जितेर गइसकेपछि मतदाताहरुसंग गरेको बाचा अनुरुप बिश्वबिद्यालयलाइ पहिलो चरणमा ९ देखि ५ बजे सम्म सुचारु गरिने र दोश्रो चरणमा रात्रिकालनि सेवा हुदै २४ सै घण्टा सेवा उपलब्ध गराने बिषयमा कुराकानी भइरहेको बताउनुभयो ।
बिश्वबिद्यालयमा दक्ष चिकित्सकको अभाव भएमा आफ्नो मेडिकलबाट भएपनि चिकित्सक ल्याएर सेवा सुचारु गर्न तत्पर रहेको उहाले बताउनुभयो ।


बिश्व बिद्यालयका भिसि यादव प्रसाद कोइरालाले पनि सो क्षेत्रमा मेडिकल कले सञ्चालनको बिषयमा सांसद शर्मासग चर्चा गरेका थिए । उक्त क्षेत्रमा मेडिकल कलेज सञ्चालनमा आए यहाका बिपन्न बिद्यार्थीहरुले स्वास्थ्यशिक्षा सम्बन्धी उच्च ज्ञान हाशिल गर्न महगो शुल्क तिरेर काठमाण्डौ लगायत देश बाहिर जान पर्ने बाध्यताको अन्त्य हुने उपकुलपती कोइरालाको भनाइ छ । यो संगै बिश्वबिद्यालय परिषरमै स्वास्थ्य सेवालाइ बिस्तार गर्न सके मोरङका ग्रामिण भेगका बिरामीहरुले स्वास्थ्य सम्बन्धी सेवाहरु पाउने थिए । यता सो क्षेत्रका स्थानियहरु पनि अब बिश्वबिद्यालय भित्र उचित स्वास्थ्य सेवा पाउनेमा बिश्वस्त देखिएका छन । क्षेत्र नं ३ बाट डा.शुनिल शर्माले सांसद जिते लगत्तै बिश्वबिद्यालय सुधार हुनुकासाथै स्वास्थ्य सेवा पनि बिस्तार हुनेमा बिश्वस्त रहेका छन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ