सुन्दरहरैचामा मोटरसाइकल चोरी : एक जना पक्राउ, एक जना फरार
एलएन गच्छदार / चैत्र १९ गते
मोरङको सुन्दरहरैचा-९, नागदेवी टोलमा मोटरसाइकल चोरीको घटना भएको छ। स्थानीय रमेश कार्कीको घरको कम्पाउन्डमा पार्क गरिएको मोटरसाइकल चोरी गर्ने क्रममा स्थानीयबासीले एक जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् भने अर्को व्यक्ति फरार रहेका छन्।
प्राप्त जानकारी अनुसार, हिजो राति करिब ९:१५ बजे चोरीको प्रयास भइरहेको बेला स्थानीयबासीले शंका गरी चोरलाई पक्राउ गरेका थिए। पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। तर, चोरीमा संलग्न अर्को व्यक्ति भने भाग्न सफल भएको छ।
यस घटनाले स्थानीय क्षेत्रमा चोरीका घटनाहरू बढ्दै गएका संकेत गरेको छ। स्थानीयबासीहरूले सुरक्षा सतर्कता अपनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
सुरक्षाका लागि सबै सचेत रहनुहोस्। कुनै पनि संकास्पद गतिविधि देखिएमा तुरुन्तै प्रहरीलाई जानकारी गराउनुहोस्।
