ब्राइट फ्युचर सेकेण्डरी स्कूलद्वारा ‘गायन र नृत्य आइडल सिजन-६’ को ग्रान्ड फिनाले सम्पन्न

एलएन गच्छदार / फागुन २४ गते
मोरङ, सुन्दरहरैंचा–८ स्थित ब्राइट फ्युचर सेकेण्डरी स्कूलले आयोजना गरेको गायन र नृत्य आइडल सिजन-६ को ग्रान्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ। प्रतिस्पर्धामा विभिन्न कक्षाका सहभागी विद्यार्थीहरूले उत्कृष्ठ प्रस्तुति दिएका थिए।

प्रतियोगितामा गायन (सिङ्गिङ आइडल) तर्फ जुनियर तथा सिनियर विधामा उत्कृष्ट प्रतिभाहरू छानिएका छन्। मध्ये सिङ्गिङ आइडल (जुनियर) विजेता तर्फ पहिलो इन्जिना श्रेष्ठ (कक्षा ४), दोस्रो साइमन थापा (कक्षा २) तेस्रो साधना पौडेल (कक्षा १) भयो भने सिङ्गिङ आइडल (सिनियर) तर्फ पहिलो रोजल ताम्राकार (कक्षा ६) दोस्रो गरिमा खत्री (कक्षा ९) तेस्रो रिबिका बी.के (कक्षा ८) भइन्।
त्यस्तै डान्सिङ आइडल तर्फ विभिन्न समूहमा उत्कृष्ट प्रतिभाहरूमा डान्सिङ आइडल (सब-जुनियर) विजेता तर्फ पहिलो अरिका योगी, दोस्रो विभूति प्रसाईं, तेस्रो मेधवी थापा र आरुषि श्रेष्ठ भएकी छिन ।

डान्सिङ आइडल (जुनियर) विजेता तर्फ पहिलो प्रिन्सु भण्डारी, दोस्रो जेनी बोहरा, तेस्रो सञ्चित दाहाल भए भने डान्सिङ आइडल (सिनियर) विजेत तर्फ
पहिलो अनुजा कार्की, दोस्रो अनिलिजा गिरी, तेस्रो गरिमा बाँस्तोला भएकी  छिन ।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका संस्थापक प्रिन्सिपल टिकाराम ढकालका अनुसार विद्यार्थीहरूको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिताहरू विद्यालयले नियमित रूपमा आयोजना गर्नेछ। उनले विद्यार्थीहरूलाई सिर्जनात्मक गतिविधिमा सहभागी गराउँदै आत्मविश्वास बढाउने उद्देश्य रहेको बताए।

विद्यालय प्रशासनले यस प्रकारका प्रतिस्पर्धाहरूले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *