संस्कृति प्रवर्द्धन गर्न मार्क्सवादी ज्ञान केन्द्रको खोजमुलक कार्यशाला सुरु
संस्कृतिप्रवर्द्धनकार्यक्रम
एलएन गच्छदार
सांस्कृतिक सम्पदालाई आयआर्जनमा जोड्न खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला सुरु भएको छ। मोरङको सुन्दरहरैंचा – ४ मा रहेको त्रिवेणी रिसोर्टमा मार्क्सवादी ज्ञान केन्द्र, काठमाडौको आयोजना उक्त कार्यक्रम २ दिन सम्म चल्नेछ ।
सांस्कृतिक सम्पदा संरक्षण संगै प्राकृति सम्पदालाई समेत जोगाउन र मौलिक खानपानको स्वादलाई समेत जोडेर व्यावसायिकरण गर्न सकिन्छ । यसलाई आयआर्जनको बाटोमा टेवा पुगोस भन्ने हेतुले खोज तथा अनुसन्धान सहजीकरण कार्यशाला सुरु भएको हो।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले कार्यक्रम उदघाटन गर्दै हाम्रा धरोहरलाई उपयोग र सम्मान गर्दै बिकास र बिश्वब्यापी बनाउन जोड दिदै गम्भीर हुन् आवश्यक रहेको बताए।
मार्क्सवादी ज्ञान केन्द्र प्रदेश संयोजन समितिले बिराटनगरको ब्यबस्थापन भएको उक्त कार्यक्रममा सो वडाका अध्यक्ष कैलाश बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै यस किसिमको खोज र अनुसन्धान कार्यशालाले स्थानीय समुदायको संस्कृति पहिचान र संरक्षणम समेत मदत पुग्ने बताए।

मार्क्सवादी ज्ञान केन्द्र काठमाडौका अध्यक्ष ननिता न्यौपानेको अध्यक्षता सुरु भएको उक्त कार्यशालाका सहजकर्ता निमानन्द रिजाल आर्थिक र संस्कृतिलाई सयुक्तरुपमा जोड्न सकियो भने संस्कृतिलाई जिवन्त दिन सकिने तर्क दिदै मार्क्सवादी ज्ञान केन्द्र यसको अभिमुखीकरण कार्यक्रम गर्दै आएको जोड दिए।
उक्त कार्यक्रम कोशी प्रदेश मार्क्सवादी ज्ञान केन्द्र संयोजक दुश्यन्त भट्टराई स्थानीय स्तरको लोप हुनलागेको संस्कृतिलाई प्रवर्द्धन समेत गर्न सकिने र यसबाट जिविको पार्जन गर्न समेत प्रेरित हुने हुँदा यस्ता किसिमको खोज र अनुसन्धानले रचनात्मक भुमिका खेल्न सकिने छ। उक्त कार्यशालामामा सभागी सरोकारवालाले पछिल्लो समयमा अध्ययन संस्कृति हराउँदै गएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरिएको छ ।
हराउँदै गएको अध्ययन संस्कृतिलाई जीवन्तता दिने प्रयासमा जोड दिनु पर्ने भन्दै सहभागी केन्द्रिय ब्यबस्थापन बिभाग सदस्य सीता कडरिया आफ्ना भनाइ राखेका थिए।
संस्कृत माथी बिकृती समेत हावी भएर क्षयिकरण भइरहेको अवस्थामा यसलाई जिवन्त दिन आफ्नो क्षेत्रबाट आफुले महत्वपुर्ण भुमिका खेल्न सकिन्छ। केन्द्रिय वरिष्ठ उपाध्यक्ष बिश्वेश्वर कट्टेल, ज्ञानकेन्द्रका उपाध्यक्ष जनार्दन बाबू कट्टेल ,केन्द्रिय सदस्य राधिका ओझा, लगायतको उपस्थिति रहेको थियो।






