होचि महिलाको रुपमा चिनिएकी मालतिले पाइँन नागरिकता
एलएन गच्छदार
होचि महिलाको रुपमा चिनिएकी मालति ऋषिदेवले मोरङ जिल्ला प्रसाशन कार्यालयबाट जन्मसिद्धको नेपाली नागरिकता पाएकि छिन।
मोरङ सुन्दरहरैंचा नगरपालिका वडा -४ घर भएकि मालति एक समयमा नेपालकै होचि महिलाको रुपमा निकै चर्चामा थिइन । उनको उचाई जम्मा ३२ इन्च र १४ केजि मात्र तौल छ। उनि बिंस २०५६ साल भदौ १८ गते छोरिको रुपमा मालति जन्मिए ।
उनका बुवा रमेश ऋषिदेव छारे रोगका कारण निधन भएपछि उनकी आमा मिना ऋषिदेवले गिट्टी कुटेर लालपालन गरी हुर्काउदै आएकि छिन। तत्कालिन नगरप्रमुख शिवप्रसाद ढकालले मालतीलाई प्रोत्साहनस्वरुप आन्तरिक स्रोतबाट मासिक दुई हजार रुपैयाँ भत्ता प्रदान गर्ने निर्णय गरेको थियो/ राज्यले नागरिकता बिना भत्ता नदिने भनेपछि उनि २४ वर्षको उम्मेरमा नागरिकता पाईन। नगरले मालतिलाई मासिक ४ हजार भत्ता दिदै आएको उनकी अमाले बताईन ।

मालतिको पारिवारिक आर्थिक अवस्था कमजोर छ। मालतिको आमालाई दिगो रोजगारी दिन सक्ने हो भए परिवार चलाउन सहज हुने वडा सचिव अनिल पोख्रेलको भनाई छ।
उनलाई जन्मसिद्धको नागरिकता दिएका हुन्। मालती बिषयमा स्थानीय मिडियाले पटकपटक समाचार बनाएको प्रति वडा अध्यक्ष कैलाश बस्नेतले धन्यबाद दिदै मालती नेपालकै होची महिला हुन् की भन्ने बिषयमा दाबि र खोजि गर्न मिडियाकर्मीलाई आग्रह समेत गरेका छन्।

तत्कालिन सुन्दरहरैंचा वडा -४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठको कार्यक्षमा कागजपत्र बोकेर टेबुलमुनि आइपुगेकी मालतीलाई श्रेष्ठले कुनै ‘बच्चा’ भनी ठानेका थिए । कसको नागरिकताको सिफारिस हो नानी ?’ वडाध्यक्ष श्रेष्ठले उनलाई प्रश्न गरेपछि केही बोलिनन् । सँगै आएकी आमा मीनाले ‘यिनैको नागरिकता बनाउन सिफारिस लिन आएको’ भन्दा श्रेष्ठ आश्चर्य भएका थिए। ‘बच्चाजस्तो देखिने मालती नागरिकता लिने उमेर पुग्यो र? भन्दै प्रश्न गरे । मीनाले छोरीको जन्मदर्ताको प्रमाणपत्र दिएपछि तत्कालिन वडाध्यक्ष श्रेष्ठले मालतीसँग सेल्फी खिचेर ‘नेपालकै होची महिला हुनसक्ने’ भन्दै फेसबुकमा स्टाट्स लेखेका थिए । नेपालमै होचि महिलाको रुपमा नगरले दाबि गरेपनि राज्यको ध्यान जान सकेन। तत्कालिन वडाअध्यक्ष पहलमा कार्यपालिका बैठकमा होचिको महिलाको रुपमा चिनाउने काम गरियो भने आवास बनाउने र लताकपडा साथै मासिक भत्ता दिने पहल गरियो। बिचैमा बुवाको निधन भएपछी परिवारले नागरिकता बनाउन बेवास्था गरेका थिएन।

अर्को तर्फ भने दाङ्ग जिल्लाको घोराही नगरपालीका वडा नं. १० बस्ने २३ बर्षिय ईश्वरी माया छिनाल सम्भवतः नेपालकै होची महिला भएको उनका बुवाले दावी गरेका छन । उनको तौल ६ किलो ६ सय ग्राम र उचाई २८ ईन्च रहेकी छिन ।




