काण्डैकाण्डले देशलाई विग्रहतिर धकेलिरहेको – डा. शेखर कोइराला

एलएन गच्छदार
सुन्दरहरैंचा भदौ ७ गते

नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ का संघीय सांसद डा. शेखर कोइरालाले तस्करी, अनियमितता र भ्रष्टाचार प्रकरणको अनुसन्धान बीचैमा पुगेपछि रोकिने गरेको भन्दै सुन तस्करीको अनुसन्धानमा सुन काण्ड पनि सामसुम हुने बिषयमा आंशका ब्यक्त गरेका छन ।

मोरङ सुन्दरहरैंचा नगरपालिका वडा -६ मा दुलारी सरोकार मञ्चले आयोजना गरेको प्रथम बार्षिक उत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सुन काण्डको बारे आफ्ना धारणा राख्दै सुन तस्करको ट्रान्जिट पोइन्ट नेपाल रहेको भन्दै काण्ड चलिरहँदा अर्को काण्ड निस्कन्छ । कुनै पनि काण्ड लजिकल इण्डमा नपुगेको बताए।

यस अघि नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरण पनि टुंगोमा नपुर्याएको डा. कोइरालाले बताए । उनले भने ‘एउटा इस्यु उठ्छ । अर्को इस्यु उठ्दा अघिल्लो साइड लाग्ने गरेको तर निष्कर्षमा पुग्दैन।

काण्डैकाण्डले देशलाई विग्रहतिर धकेलिरहेको डा. कोइरालाले बताए। सुन काण्डले सबै काण्डहरूलाई बिर्साइदिएको जस्तो लागिरहेको छ। देश अराजकता तिर गइरहेको उनको भनाइ थियो।

दुलारी सरोकार मञ्चले आयोजना गरेको प्रथम बार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्मानित व्यक्तित्वहरु वि.सं. २०१८ साल देखी हालसम्म साबिक दुलारी गाउँ पंच्यात. सुन्दरपुर – दुलारी गाउँ पंच्यात ./ गा.वि.स र संस्थापक तथा बर्तमान सुन्दरहरैचा नगरपालिका प्रमुख तथा उप प्रमुखलाई सम्मान गरेको थियो।

सम्मानित ब्यक्ति निधन भएको हकमा सम्बन्धित परिवारका सदस्यलाई सम्मान गरेको थियो। मोरङ क्षेत्र नं. ६ का संघीय सांसद डा. कोइरालाले माला, दोसल्ला र सम्मान पत्रले सम्मनित गरेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *