सुकुना माविको प्रध्यानाध्यापकमा हिक्मत बहादुर बस्नेत नियुक्त
एलएन गच्छदार
कोशी प्रदेशको आकर्षक शिक्षा प्रदान गर्ने थलो रहेको सुकुना माध्यमिक बिद्यालयको प्रध्यानाध्यापकमा हिक्मत बहादुर बस्नेत नियुक्त भएका छन् ।
बुधबार सुकुना माविको सभाहलमा भएको कार्यक्रममा नियुक्त प्र.अ बस्नेतले आगामी कार्यभारप्रति प्रतिवद्धता ब्यक्त गर्दै शैक्षिक सङ्ग्रहालय निर्माण स्रोतको व्यवस्था गर्ने, अन्तर्पुस्ता ज्ञान हस्तान्तरण योजना र कार्यन्वयन गराउने, प्राविधिक शिक्षाको विस्तार र प्राविधिक शिक्षामा स्नातक तह सञ्चालन प्रारूप तयार गरी सुकुना प्राविधिक एकेडेमी निर्माणको दीर्घकालीन योजना निर्माण गर्ने बताए।
त्यसै गरी अभिलेख व्यवस्थापन तथा वेभसाइड अध्यावधिक गर्ने विद्यालय सवारी सेवा व्यवस्थित र विस्तार गर्ने, विद्यार्थी आवाशको प्रबन्ध गर्ने, अवलोकन भ्रमण र सिकाइ आदान प्रदानमा निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेका छन।
नेपालमै सुकुना मावि शिक्षा क्षेत्रमा अव्बल मानिन्छ। शिक्षाको उर्वर भुमी रहेको सुकुनाले सबै अभिभावक र बिद्यार्थीको मन जित्न सफल भएको छ ।
साहयक प्राध्यापकको रुपमा राजेन्द्र गिरी नै रहने छन भने यस अघि प्रअको रुपमा सेवा निबृत शिक्षक नारायण गौतम थिए।
विधालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक तर्फ शिभिल इञ्जिनियरिङ्ग, कक्षा ११ र १२ मा विज्ञान, ब्यवस्थापन, कम्प्युटर विज्ञान होटेल मेनेजमेन्ट, कानुन, पत्रकारिता । विषय पढाई भइरहेका छन् । सुकुनाले विद्यार्थीहरुको आवश्यकता पुरा गर्ने गरि अध्ययन अध्यापनमा सरिक भइ अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको छ।
