सुन्दरहरैंचामा करको दर नसच्याए भदौ ११ मा थप सशक्त आन्दोलन गर्ने

नागरिकको अबस्था विश्लेषण र स्थलगत रुपमा भरपर्दो अध्ययन,अनुसन्धान बिना जग्गाको वर्गीकरण गरेर नगरवासीलाई कर थोपरेको भन्दै सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाईंलाई करवृद्धि विरुद्धको सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख गुरागाईंले जग्गाको बर्गिकरण  गर्ने क्रममा  सामान्य कर बढेको हुन सक्छ ज्यादै बढि भए पुर्नबिचार गरिने र सामान्य भए नगरकै बिकासका लागि भएको बताएका छन। साथै आफ्नो जग्गाको वर्गीकरण परिवर्तन गर्न चाहेमा नगरमा निवेदन दिएर जग्गाको वर्गीकरण आइतबारदेखि परिवर्तन हुने ज्ञापनपत्र बुझाउने टोलीलाई नगरप्रमुखले आश्वासन दिए ।

नगर प्रमुखलाई ज्ञापनपत्र दिनु अघि सङ्घर्ष समितिले सर्वपक्षीय छलफल आयोजना गरेको थियो । छलफलमा विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य संघ लगायतका विभिन्न संघ–संस्थाका प्रतिनिधि सहभागी थिए । सङ्घर्ष समितिले करको दर नसच्याए भदौ ११ गतेदेखि थप सशक्त आन्दोलन गर्ने जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ