एसन खड्का सिमराकै पहिलो पाइलट

सिमरा शुक्रबार ८

जितपुरसिमरा उपमहानगरपालिका वडा न २ नगर बस्ती घर रहेको एसन खड्का सिमराकै पहिलो पाइलट बन्न पुगेको छ। खड्का स्वदेशमा पाइलट पढ्ने अवसर नभएको हुदा विदेशमा पाइलट बन्ने पढाइ पढ्छु भनि गएका थिए । उनी २०२१ अप्रिल १८ मा पढाइ सुरू गरेका थिए भने जुलाई ८ मा पढाई सकेर पहिलो पटक एक्लै अगस्ट ०८ मा RPC 8596 नाम गरेको हवाईजहाज उडाएका थिए ।

खड्का पढ्नको लागि फिलिपिन्स को डुमगाउते नाम गरेको सहरमा बसेर पढेको हुन् । उनले पढेको विश्वविद्यालयको नाम रोएल एभीसन्स एकेडेमी थिए ।

पक्कै पनि युवा जमातमा सबै को केही बन्नने सपना हुन्छ र घर परिवारमा पनि आशा हुन्छ की मेरो छोरा छोरी भविष्यमा केही बनुन् । तर आमा बुवाले सपना देख्नु भन्दा पनि आफुले सपना र लक्ष्य बनाएर निरन्तर मिहिनेत गर्नु पर्दो रहेछ अनि लक्ष्य प्राप्त गर्न सकिन्छ।

खड्काले पनि सपना देखेका थिए की एक दिन त्यो उचाइमा पुग्ने छु भनेर । उहाँ भन्नुहुन्छ की ” एक दिन दि भोइस् अफ नेपाल भन्ने रियालेटी सो मा अतिथीको रूपमा क्याप्टेन विजय लामा सर आउनु भएको थियो र उहाँको पाइलट बनेको कुराहरू सुन्दा र बुझ्दा आफुलाई पनि राम्रो लागेको भएर पाइलट बन्ने आट र सपना देखेको थिए । १२ को पढाई सकीन लागेको थियो त्यसैले पाइलट बन्ने चाहानाले पाइलट बनेको हु ” ।

खड्काको भनाइ ” जिवनको हरेक क्षणमा समस्या , दु:ख आउने र जाने गर्द छ तर इस्थिती कतीपनी दुःखद कीन नहोस् मनमा लगन र कडा परिश्रमले मानिसले आटेका चाहेका जे पनि गर्न सकिन्छ। हवाईजहाज उडान गर्दा हवाईजहाजको उचाई परख र कतिसम्म उडान गर्ने हवाईजहाज हो भनी बुझ्न सके त्यो पाइलट असल पाइलट बन्न सकिन्छ।

पाइलट बने पछि मान्छेहरू संग अन्तरक्रिया गर्न सजिलो हुन्छ र निर्धक्क भएर समस्या आए पछि समस्याका हल निकाल्न सक्छु जस्तो अनुभव हुन्छ। एउटा सच्चा पाइलटमा हवाईजहाज उडाउने र अवतरण गर्ने क्षयमता मात्र भएर हुदैन । समस्य आएको बेला समस्यालाई कसरी समाधान गर्ने गुण एउटा पाइलट भित्र हुनु पर्छ।

खड्काले भने आउने दिनमा नयाँ एयरलाइन्सहरूमा बुझ्न सक्ने सिमाहरू र बहुकार्यहरू गर्नेछु । यसले गर्दा नयाँ अनुभव र कौशल ज्ञान आर्जन गर्न मदत हुन्छ र आफनो पुस्तामा एउटा उदाहरण भन्नु छ , जस्ले गर्दा आउने पढीका युवाहरूलाई पनि प्रेरणा होस् ।

उनलाई पाइलट बन्नुमा उस्लाइ सहयोग पुर्‍याउने जन्म दिने आमा – रामदेवी खड्का र बुबा अरूण खड्का र फुफूको धेरै सहयोग रहेको छ र फिलिपिन्सको एयरलाइन्स स्कुलमा सहयोग पुर्‍याउने दाई रवीन्द्र ( नर्थफेस अन्तर्राष्ट्रिय परामर्श ) ले पनि धेरै सहयोग गरेको छ भनि उस्ले वेक्त गरेको छ ।

एसन खड्काको भनाइ :- पक्कै पनि सपना देख्नु र सपनालाई पुरा गर्नु पछाडी धेरैको सहयोग चाहिन्छ। तर आफु निडर , मिहिनेत र लगनशील भएर अघी बढ्यो भने त्यस सपनालाई पुरा हुनलाई कसैले रोक्न र छेक्न सक्दैनन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ