झापामा १० ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक जना पक्राउ
झापा/ झापामा प्रहरीले १० ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्लाको झापा गाउँपालिका–४ मंगलबारे बजार क्षेत्रमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई शंकाको आधारमा जाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो।
पक्राउ पर्नेमा कनकाई नगरपालिका–३ चारआली निवासी ३२ वर्षीय रमेश मुसहर ऋषिदेव रहेका छन्। उनको साथबाट कालो प्लास्टिकमा लुकाइछिपाइ ल्याइएको ब्राउन सुगरजस्तो देखिने लिसाइलो खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थको तौल प्लास्टिकबाहेक १० ग्राम ९ मिलिग्राम रहेको छ। प्रहरीले लागुऔषधसहित ऋषिदेवलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
Views: 1
