हिमालय इंगलिस स्कुलमा सरस्वती पूजाको अवसरमा अक्षरारम्भ सम्पन्न

एलएन गच्छदार, सुन्दरहरैंचा
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं.१० मा अवस्थित हिमालय इंगलिस स्कुलले सरस्वती पूजाको अवसरमा भव्य रूपमा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पूजाको विधि विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले संयुक्त रूपमा सम्पन्न गरेका थिए।

विद्यालयमा भर्ना भएका नयाँ बालबालिकाहरूको लागि अक्षरारम्भ गरिँदै शिक्षाको पहिलो पाइला चालिएको थियो। शिक्षकहरूद्वारा बालबालिकालाई “अ” देखि “ज्ञ” लेख्ने अभ्यास गराइयो, जसले विद्यार्थीहरूलाई शिक्षाको औपचारिक सुरुवात गर्न प्रेरित गर्यो।

विद्यालयका प्रधानाध्यापक कमल खनालले अक्षरारम्भ कार्यक्रमको महत्वबारे प्रकाश पार्दै शिक्षाको पहिलो पाइला निकै नै महत्त्वपूर्ण हुने बताउनुभयो। खनालले सबै सहभागीलाई धन्यवाद दिँदै विद्यालयको गुणस्तरीय शिक्षा प्रणालीमा अभिभावक तथा विद्यार्थीहरूको निरन्तर सहयोग अपेक्षित रहेको बताए। साथै, विद्यालय व्यवस्थापन समितिले पनि यस्ता शैक्षिक तथा सांस्कृतिक गतिविधिहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्यो।
यस कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई शिक्षाको आधारशीला तयार पार्न प्रेरित गर्नुका साथै सरस्वती पूजाको सांस्कृतिक महत्वसमेत उजागर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *