बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप २०८० सञ्चालनको तयारीमा
सुन्दरहरैंचा / असोज ५
मोरङको बेलबारी नगरपालिका वडा नम्बर ११ मा लक्ष्मीमार्गमा बिगत बर्षहरुमा झै यस वर्ष पनि गोल्डकपलाई निरन्तरता दिँदै छैठौँ संस्करणको बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप २०८० सञ्चालनको तयारीमा रहेको छ। डाँगीहाट फुटबल क्लबको आयोजनामा यहि असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको हो।
खबर यहाँहरु सँग सम्प्रेषित गर्न पाउँदा हामी हर्षित भएका छौं । यहाँहरुलाई सर्वविदितै रहेको छ हामीले यस गोल्डकपलाई यस नगरपालिकाको गौरवको रुपमा सञ्चालन गरिरहेका छौं । विराटनगर बाहिर जिल्लामै सर्वाधिक पुरुस्कार राशि भएको यो प्रतियोगिता सञ्चालनका लागि हामी तयारीमा जुटेका छौं ।
आफ्नै खेलमैदानमा शुक्रबार गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराउदैं प्रतियोगितामा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाण्डौ, बिग्रेड ब्वाईज क्लब काठमाण्डौ, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डाँगीहाट युथ क्लब, बिर्तामोड युनाईटेड झापा, भोजपुर जिल्ला फुटबल •क्लब भोजपुर र युकेएफसी भारत गरी ८ वटा टिम सहभागी हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख सहित ढफी र प्रमाणपत्र, द्धितिय हुनेले नगद ५ लाख नगद सहित टफि र प्रमाणपत्र हात पार्नेछन । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिने छ ।
प्रतियोगिता सञ्चालनका लागि अनुमानित ६२ लाख ९० हजार खर्च हुने र ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल मुख्य प्रायोजक र सहप्रायोजकमा द रिभर ओभरसिज, मल्टिमिसन ट्रेनिङ सेन्टर धरान र टुबोर्ग बियर लगायत स्थानीय संघसंसस्था, सामुदायिक बन, विद्यालयहरु र देश तथा विदेशमा रहेका यस क्षेत्रका दाताहरु रहेको प्रतियोगिताका प्रवक्ता तथा संचार संयोजक नरेन्द्र बस्नेतले जानकारी दिएका छन ।
उक्त क्लब वि.स २०७० सालमा खेलकुद क्षेत्रको विकास, खेलाडी उत्पादन, प्रर्वद्धन लगायत विभिन्न सामाजिक गतिविधिमा सक्रिय हुने लक्ष्यका साथ स्थापित भएको हो ।
