सुर्यज्योतिको १७ औं बार्षिक साधारणसभा सम्पन्न

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा १० बिराटचौकमा रहेको सुर्यज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

सुर्यज्योति साकोसका अध्यक्ष पदम प्रसाद तिमिल्सिनाको सभाध्यक्षतामा भएको उक्त साधारणसभामा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका उपाध्यक्ष एकराज निरौलाले खुल्लासत्रको उदघाटन गरेका थिए।छोटो समयमै बिभिन्न समस्या , चुनौती र अवसरलाई पार गर्दै संस्था द्रुतगतिमा अघि बढिरहेको छ। अध्यक्ष तिमिल्सिनाले संस्थाको प्रगति बिबरण तथा आगामी कार्ययोजना र भावि लक्ष्य प्रस्तुत गरेका थिए।

तत्कालीन ईन्द्रपुर र हरैचा गा.वि.स. को समुदायका व्यक्तिहरुलाई एक शुत्रमा बाँधेर सहकारी मार्फत सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक आदि बिकासका लागि दिगो र भरपर्दो सारथीको रुपमा २०६३ बैषाख २ गते प्रारम्भिक भेलाबाट सुरु भई २०६३ कार्तिक ९ गते बिधिवत दर्ता भएर संचालनमा आएको यस संस्थाले सत्रौं बसन्त पार गर्ने क्रममा बिभिन्न आरोह अवरोह पार गर्दै आएको छ ।

२०७६ साल बाट सुरुभएको कोरोना (COVID 19) संक्रमण संगसंगै प्रबेश गरेको चरम आर्थिक मन्दी र यो संगै मनोमानि ढंगले संचालित केहि सहकारी हरूको दुर्घटनाको खवर र केही व्यक्तिहरुका स्वार्थको प्रतिबिम्बको रुपमा आएको सहकारी र वित्तीय संस्थाहरु बिरुद्धको तथाकथित आन्दोलनले आम मानिसमा छरेका भ्रमहरु समेतलाई परास्त गर्दै यस चुनौतिपूर्ण अवस्थामा सुर्यज्योति साकोस आफ्नो गतिमा कतिपनि बिचलित नभई आफ्ना सदस्यहरुको सेवामा अनवरत समर्पित रहेको अध्यक्ष तिमिल्सिनाले प्रगति बिवरणमा उल्लेख गरेका छन । संस्थाले आर्थिक वर्ष २०७९/८० मा १५ करोड भन्दा बढीको कारोबार गरेको छ।

संस्थाका सदस्यलाई अधिकतम् रु. ४० हजार सम्म सदस्य परिवार राहत कोष सुविधा , आकस्मिक कर्जा सुविधा, नीति निर्देशिका तथा कार्यविधिहरु निर्माण गरि सोही आधारमा संचालित संस्था रहेको संस्थाका सल्लाहकार तथा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका सह-सचिव युवराज दहालले बताए।

आफ्नो कार्यक्षेत्रभित्र समुदायको विश्वास लिई अधिकतम् सदस्यता बृद्धि गर्न सफल संस्था सफल भएको छ भने ग्रामिण समुदायमा आधारित संस्थाले सदस्यको बचत र शेयरको सुरक्षाको ग्यारेण्टी भएको संस्थाका सस्दयहरुको भनाई छ।

विभिन्न तालिम, नेतृत्व विकास, अन्तर सहकारी भ्रमण, गोष्ठी तथा अन्तरकृया कार्यक्रम संस्थाले गर्दै आएकोमा कम्प्युटर प्रविधियुक्त अत्याधुनिक कारोबार प्रणाली संचालन हुँदै आएको छ।

सदस्यको चाहाना तथा क्षमता अनुसारका बचत तथा ऋणका सेवाहरु उपलब्ध गराउदै आएको संस्थाले उत्कृष्ट सदस्यको रुपमा विभिन्न विधामा पुरस्कार तथा सम्मान समेत गर्दै आएका छन ।
उक्त अवसरमा संस्थाले नव दृष्टि आइ हस्पिटलको प्राबिधिक सहयोगमा नि:शुल्क आँखा शिविर समेत संचालन गरेको थियो। कुल सदस्य संख्या १ हजार ५ सय भन्दा बढी रहेको र १३ जना संचालक समिति, ३ जना आन्तरिक लेखापरीक्षण समिति र ६ जना कुशल कार्यरत कर्मचारी रहेका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *