सुर्य ज्योती बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षमा युवराज दाहाल चयन

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा रहेको सुर्य ज्योती बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षमा युवराज दाहाल चयन भएका छन ।

शनिबार भएको सहकारीको सत्रौ वार्षिक साधारण सभाबाट दाहाल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन । त्यस्तै उपाध्यक्षमा रत्नबहादुर खड्का सचिवमा होमनाथ पोखरेल, सह-सचिवमा शारदा चौहान र कोषाध्यक्षमा बिष्णुप्रसाद गुरगाई चयन भएका छन ।

त्यस्तै सहकारीको खुल्ला सदस्यमा नोचनलाल चौधरी, कमलप्रसाद गुरागाई, मेघनारायण शिवाकोटी, महिला सदस्यमा विनु सुवेदी, गोमा श्रेष्ठ, राधा घिमिरे, उमा घिमिरे र विन्दा बास्तोला चयन भएका छन ।

त्यस्तै सहकारीको लेखा समितीको सयोजकमा टेकप्रसाद खनाल र सदस्यहरुमा डम्बरबहादुर कार्की र सावित्रा राजावंशी चयन भएका छन । सहकारीको सत्रौ वार्षिक साधारण सभा विराटचौकमा रहेको ईन्द्रपुर जेसिजको सभाहलमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *