लेटाङ जेसीज सप्ताह सुरु

असोज ७ गते

लेटाङ जेसिजले शनिबार देखी सप्ताहव्यापी कार्यक्रम सहित जेसिज सप्ताह सुरु गरेको छ । सप्ताहव्यापी विभिन्न कार्यक्रम सम्पन्न गर्ने उद्देश्य सहित पहिलो दिन सप्ताह उदघाटन तथा प्रभावकारी सार्वजनिक भाषणकला तालिम मार्फत कार्यक्रमको सुरुवात गरि संचालन गरेका छन ।

मोरंङ साकोसको सभाहलमा भएको उक्त तालिममा विभिन्न क्षेत्रका युवाहरूको सहभागीता रहेकाे थियो । तालिमको सहजिकरण प्रशिक्षक एलएन गच्छदारले गरेका छन् । लेटाङ जेसीज वर्ष २०२३ का अध्यक्ष सुनिल चौधरीले तालिमबाट युवामा भाषण कलामा क्षमता विकास गर्न सकिने बताए । कार्यक्रमको संयोजन सुगम वस्तीले गरेका थिए।

आगामी असोज १० गते मैत्रीपूर्ण फुटसल, असोज १९ गते जनसेवा सामुदायिक वनको सभाहलमा हाजिरी जवाफ प्रतियोगिता, महेन्द्र माध्यमिक बिधालय बारंगीमा स्वास्थ्य शिबिर र वारंगी बजारमा डस्बिन बितरण कार्यक्रम असोज २४ गते हुने लेटाङ जेसीज बर्ष २०२३ का अध्यक्ष चौधरीले बताए। त्यसैगरी असोज २७ गते साहित्यिक तथा सप्ताह समापन कार्यक्रम मोरङ साकोस भवनमा हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *