गछिया आधारभूतमा नि:शुल्क स्वास्थ्य शिविर
असोज १४ गते
सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ६ स्कुल डाँडामा रहेको गछिया आधारभुत विद्यालयमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सुन्दरहरैंचा नगरपालिका वडा ३ गछिया संचालित केन्द्र पोलिक्लिनिकको आयोजनामा नि:शुल्क स्वास्थ्य सेवा तथा परामर्श सेवा सुरु गरेको थियो ।
आंखामा एलर्जि आउने, दाँतमा हुने समस्या लगायतको उपचार सेवाले प्रभावकारी शिविर संचालन भएको गछिया आधारभुतका प्रधानाध्यापक केशवराज काफ्लेले बताए।
पोलिक्लिनिकले समुदायमा स्वास्थ्य सम्बन्धि जनचेतनामूलक फैलाउने उद्धेश्यले यस अघि सरस्वति र देवता आधारभूत बिद्यालय लगायत समुदाय र टोल टोलमा शिविर संचालन गर्दै आएका छन।
ओरल डेन्टल विशेषज्ञ डा. साक्षी खतिवडाले दाँत सम्बन्धि र डा. जिवछ प्रसाद यादवले आंखा सम्बन्धि परिक्षण गरेका थिए।
दन्त विशेषज्ञ डा. साक्षी खतिवडाका अनुसार बालबालिकामा दाँत सफा नगर्ने, किराले खाएको , मुख गन्हाउने समस्या रहेको बताए।
त्यसै गरी आँखा रोग विशेषज्ञ डा. जिवछ प्रसाद यादवले इलेक्ट्रोनिक डिभाइस प्रयोगका कारण बालबालिकामा बढी आँखाको समस्या हुने गरेको बताए। त्यसकारण नानीहरुले धेरै बेर किताब पढ्न नसक्ने आंखामा एलर्जीको समस्या बढी भएको बताए।
उक्त शिवरबाट २ सय भन्दा बढी बिद्यार्थीले स्वास्थ्य लाभ लिएका थिए।
