ब्राईट फ्युचर स्कुल सिंगापुरमा आयोजित ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मानित

एलएन गच्छदार
  श्रावण १ गते

सुन्दरहरैंचा नगरपालिका वडा -८ सलकपुमा रहेको  ब्राईट फ्युचर सेकेण्डरी स्कुल  सिंगापुरमा भएको  ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मानीत भएको छ ।
लिंकन युनिभर्सिटीका चाल्सर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहाको बाहुलीबाट उक्त बिधालयका संस्थापक प्रिन्सिपल टिकाराम ढकालले उत्कृष्ट विद्यालयको सम्मान  ग्रहण गरेका छन।

ब्राइट फ्युचरका शिक्षकले गरेको साधारण कामबाट प्रभावित हुँदै पुरस्कार समितिले छनौट गरेको थियो ।  सो अवार्ड अन्तर्गत एक प्रदेशबाट एउटा विद्यालय छनोट भएको छ । जसमा कोशी प्रदेशबाट ब्राईट फ्युचर सेकेण्डरी स्कुल उत्कृष्ठ भएको हो ।
कार्यक्रममा सहभागिता जनाउनका लागि विद्यालयका प्रिन्सीपल टिकाराम ढकाल एक साता अघि  त्यसतर्फ प्रस्थान भएका थिए ।

विद्यालयले अवार्ड पाएपछि शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले खुशी व्यक्त गरेका छन् । विद्यालयले व्यवाहारिक शिक्षामा जोड दिदै आएको छ । पढाईसंगसंगै अन्य क्रियाकलापमा सहभागि गराउर्दै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनलाई विद्यालयले प्राथमिकता दिर्दै आएको छ । अर्कोतर्फ सुचना र प्रविधिमैत्री शिक्षा दिनका लागि क्षमतावान् शिक्षकहरु रहेका छन् । जसका कारण विद्यालयले शिक्षा संगै विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ठ नतिजा प्राप्त गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *