सुकुना मा. वि. बाट ६२६ विद्यार्थी एसईईमा सहभागी

एलएन गच्छदार 

सुन्दरहरैँचा, मोरङ | सुकुना माध्यमिक विद्यालय, सुन्दरहरैँचा–१०, मोरङबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६२६ जना विद्यार्थी सहभागी हुँदैछन्। भोलि, चैत्र ७ गतेदेखि सुरु हुने परीक्षामा कोशी प्रदेशकै एउटै विद्यालयबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुन लागेका हुन्।

विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले सम्पूर्ण विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै अनुशासन, मर्यादा, र जिम्मेवारीको महत्त्व उजागर गरेका छन्। उनले भने, “अनुशासन र मर्यादा सुकुना मा. वि. को संस्कार हो। यसको पालना गर्दै विद्यार्थीहरूले उदाहरणीय भूमिका निर्वाह गर्नेछन्।”

विद्यालयले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गरेको छ। साथै, शिक्षालयले सबै विद्यार्थीलाई परीक्षामा इमानदारीपूर्वक प्रस्तुत भई सफल भविष्यको मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

विद्यालय परिवार, अभिभावक तथा सम्पूर्ण स्थानीय समुदायले परीक्षार्थीहरूलाई हौसला प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *