सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा

पथरीशनिश्चरे : सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज सोमबार मोरङको पथरी शनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसको सभा हलमा दोस्रो ईकाईगत साधारणसभा सम्पन्न गरेको हो।

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरेका थिए।सो सभामा संस्थाका अध्यक्ष सुवास भट्टराईले आर्थिक वर्ष २०८०/०८१ को ३ अर्ब ३ करोड ५० लाख ७६ हजार ५ सय ८३ वार्षिक वासलात भएको प्रगति प्रतिवेदन पेस गर्दै उहाँले आगामी आव २०८१/०८२ को लागि ११ अर्ब ७७ लाख ८६ लाख ४८ हजार १ सय ३६ रूपैयाँ प्रस्तावित वार्षिक बजेट तथा कार्य योजना प्रस्तुत गर्नु भएको थियो।

सो संस्थाको कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले झापा, ईलाम, मोरङ र पाँचथर गरी ४ जिल्लाहरूमा आफ्ना शाखाहरू विस्तार गरेको सो संस्थाको ६४ हजार २ सय ३६ जना शेयर सदस्यहरु तथ ४६ वटा सेवा केन्द्र रहेकाे बताउनुभयो। उनले संस्थाको ६४ हजार शेयर सदस्यहरुको ३४ करोड माथि रहेको बताए।

सो संस्थाले विभिन्न विद्यालयहरुका छात्र छात्राहरुलाई कपी,कलम , पेन्सिल, आदि वितरण गरेर करिब १ करोड ६८ लाख रुपैयाँ बराबरको आफ्नो सामाजिक उत्तरदायित्व वहन गरिसकेको छ। सो संस्थाका अध्यक्ष सुवास भट्टराईले गत भदौ १९ गतेदेखि ईलाम हुँदै सबै शाखाहरूका ७ वटा ईकाईगत साधारणसभा थालिएको उल्लेख गरे।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा सम्पन्न भएको सो सभामा पथरिशनिश्चरे वडा नम्बर १ का वडाध्यक्ष भीम कुमार राई, संस्थाका संचालक समितिका सल्लाहकार, पदाधिकारी तथा कर्मचारीहरुको बाक्लो उपस्थिति थियो।साेही कार्यक्रमकाे सञ्चालन प्रमुख विजय बस्नेतले गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *