अपडेट : मोरङबाट संखुवासभा जाँदै गरेको बस धनकुटामा दुर्घटना

धनकुटा : मोरङबाट संखुवासभा जाँदै गरेको बस धनकुटामा दुर्घटना भएको छ। प्रदेश नं १-०२-००२ ख २६१ नम्बर बस ठेलेर स्टार्ट गर्ने क्रममा धनकुटा छथरजोरपाटी गाउँपालिका-६ स्थित कोशी लोक मार्गमा दुर्घटनामा परेको हो।

बसमा २५ जना यात्रु थिए। दुर्घटनामा संखुवासभा चैनपुर नगरपालिका- १० खराङ बस्सेका ७१ वर्षीय भल बहादुर कटुवाल घाइते भएका छन्। उनको स्थानीय क्लिनिकमा सामान्य उपचारपश्चात थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ। धनकुटाको छथरजोरपटी गाउँपालिका-६ मझुवाका ४६ वर्षीय चालक हरी बहादुर कटुवाललाई प्रहरी चौकी सिधुवाले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *