एनप्याबसन सुन्दरहरैंचा नगर अध्यक्षमा सनसाइन एकेडेमीका सुरेश खबास निर्वाचित
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) सुन्दरहरैंचाको नगर अध्यक्षमा सनसाइन एकेडेमीका सुरेश खबास निर्वाचित भएका छन। शुक्रबार भएको दोस्रो नगर अधिबेशनबाट खबास अध्यक्षमा निर्बिरोध निर्वाचित भएको हो।
त्यसैगरी उपाध्यक्षमा सुर्य खवास, सचिव खगेन्द्र धिमाल, काेषाध्यक्ष नगेन्द्र प्रसाद लुईटेल, सदस्य रविन विष्ट,,सदस्य इश्वर ओझा,, सदस्य सिर्जना कट्टेल निर्वाचित भएको हो।

नव निर्वाचित पदाधिकारीलाई बधाई व्यक्त गर्दै एन प्याब्सन कोशी प्रदेशका सहसचिव कमल खनालले यथास्थितिवादी शिक्षा नभैई सिपमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता रहेको बताउदै निजि बिध्यालयको हक अधिकारलाई स्थापित गर्न एनप्याब्सनले कार्य गरिरहेको बताए ।
नगर अधिवेसनमा एनप्याब्सन केन्द्रीय महासचिव पारसमणि दाहाल, निर्वाचन समिति संयोजक एनप्याब्सन केन्द्रीय सचिब राजन कुमार छराहाङ् , मोरङ जिल्ला सचिव नारायण ढकाल,लगायतको उपस्थित रहेकेा थियेा।

