इन्द्रपुर जेसिजको आयोजना बिबिए र बीएसीका बिद्यार्थीलाई लिडरसिप तालिम
श्रावण १० गते, सुन्दरहरैचा
एलएन गच्छदार
इन्द्रपुर जेसिजले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा बुधबार ( लिडरसिप ) नेतृत्व क्षमता बिकास तालिम सम्पन्न गरेको छ।
सुकुना बहुमुखी क्याम्पसमा अध्यनरत बिबिए र बीएसी तर्फका बिद्यार्थीलाई प्रशिक्षक तथा लाइफ कोच दिपेन्द्र निरौलाले प्रशिक्षण गरेका हुन।
उक्त कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुनराज अधिकारीले उदघाटन गर्दै तालिम उपलब्धिमुलक हुने कुरामा जोड दिदै व्यक्तित्व र नेतृत्व बिकास टेवा पुग्ने बताए ।
त्यसै गरि उक्त कार्यक्रममा कुनै पनि बिषयमा जान्नु छ भने पछाडि होइन अगाडि बढ्न प्रेरणा दिदै इन्द्रपुर जेसिज बर्ष २०२३ का अध्यक्ष बिना सुबेदी आचार्यले सिक्ने कुरा जारी रहेको र सिकाईलाई ब्यहारिकमा नउतारे सम्म तालिमको औचित्य नहुने बताए।

साथै सोहि दिन इन्द्रपुर जेसिज सचिवालय बिराटचौकमा एक कार्यक्रम मार्फत जुनियर जेसिजका सहभागीलाई प्रशिक्षक निरौलाले आउने युवापुस्तालाई जेसिजको महत्व र उद्देश्य उपर चर्चा गर्दै जेसिजमा आउनेका लागि अवसर नै अवसर रहेको भन्दै आफ्नो व्यक्तित्व बिकास गर्न उत्प्रेरणामुलक तालिम दिएका छन ।
उक्त अवसरमा ईन्द्रपुर जेसिजका कार्यकारिणी उपाध्यक्ष बर्ष २०२३ का उत्सव थापाले सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम निर्देशक निर्मल अधिकारी संयोजनमा भएको कार्यक्रममा जेसिज बर्ष २०२३ का महासचिव समिर बस्नेतले कार्यक्रम संचालन गरेका थिए।

पछिल्लो समय नेतृत्वदायी भूमिकामा युवा पुस्तालाई पुर्याउनुपर्ने माग भइरहेको अवस्थामा जेसीजले युवा विद्यार्थीलाई लक्षित गरी तालिम प्रदान गरेको हो । त्यसै गरि इन्द्रपुर जेसिजकै आयोजनामा आगामी श्रावण १२ र १३ गते सुन्दरहरैंचा वडा १ कार्यालयको सभाहलमा माइन्युट तथा प्रस्तावना लेखन तालिम संचालन गर्ने भएको छ।
