श्रीकृष्ण प्रणामी युवा परिषद् सलकपुरद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको ३५ औं स्थापना दिवसको अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद् प्रारम्भिक समिति सलकपुरले वार्षिक कार्यक्रमअन्तर्गत सलकपुर चौकमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। मिति २०८१ माघ २६ गते आयोजित उक्त कार्यक्रममा ८८ जना रक्तदाताले सहभागिता जनाएका थिए, जसमा ८४ जना पुरुष र ४ जना महिला रहेका छन्।

कार्यक्रम रेडक्रस धरानको प्राविधिक सहयोगमा सफलतापूर्वक सम्पन्न भएको थियो।

रक्तदान कार्यक्रममा सहभागी सबै रक्तदाताहरूलाई परिषद्ले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। परिषद्को तर्फबाट भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

उक्त कार्यक्रमले रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र समुदायमा स्वास्थ्य सेवा प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको विश्वास आयोजक समितिले व्यक्त गरेको छ।

“रक्तदान जीवनदान” भन्ने नाराका साथ आयोजित यस कार्यक्रमले स्थानियहरूमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *