सुन्दरहरैंचा बिराट एक्स्पोमा इन्टर स्कुल सोलो डान्सिङ आइडल सिजन फस्टको फिनाले हुने

एलएन गच्छदार / माघ २६ गते
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा माघ ३० गतेदेखि सुरु हुन लागेको बिराट एक्स्पो २०८१ अन्तर्गत “सुन्दरहरैंचा इन्टर स्कुल सोलो डान्सिङ आइडल सिजन फस्ट ” को फिनाले विशेष आकर्षणको रूपमा आयोजना हुने भएको छ।
प्रतियोगिताको प्रारम्भिक चरणमा सुन्दरहरैंचाका निजी तथा सामुदायिक विद्यालयका १५० विद्यार्थीले सहभागिता जनाएका थिए। अडिसन र क्वार्टरफाइनल राउन्ड पार गरी उत्कृष्ट ३० जना विद्यार्थी जुनियर र सिनियर समूहबाट १०/१० जना सेमी फाइनल प्रतिस्पर्धाका लागि चयन गरी ग्राण्ड फिनालेमा प्रतिष्पर्धा गराइनेछ ।
फाइनलमा प्रतिस्पर्धी विद्यार्थीहरूले आफ्नो उत्कृष्ट नृत्य कौशल प्रस्तुत गर्नेछन्। कार्यक्रमले बालबालिकाको प्रतिभा पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

जुनियर भित्र कक्षा १ देखि ५ सम्म र सिनियर भित्र कक्षा ६ देखि १० सम्मका बिधार्थिले भाग लिएका छन भने जुनियर र सिनियर गरी प्रथम स्थान हासिल गर्नेले नगद १० / १० हजार रुपैयाँ, ट्रफी, मेडल, गिफ्ट, र प्रमाणपत्र प्राप्त गर्ने छन। दोस्रो स्थान हासिल गर्नेले नगद ८/ ८ हजार रुपैयाँ, ट्रफी, मेडल, गिफ्ट, र प्रमाणपत्र।
र तेस्रो स्थानले नगद ५/ ५ हजार रुपैयाँ, ट्रफी, मेडल, गिफ्ट, र प्रमाणपत्र प्राप्त गर्ने छ भने फाइनल राउन्डका सबै सहभागीले मायाको चिनो र प्रमाणपत्र प्राप्त गर्ने छन।
नृत्य निर्देशक संघ नेपाल सुन्दरहरैंचा नगर समितिका सह-कोषाध्यक्ष प्रनिशा पोख्रेलका अनुसार प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने प्रतिस्पर्धीहरूलाई उचित सम्मान र प्रोत्साहन प्रदान गरिनेछ।
बिराट एक्स्पोभित्र आयोजना हुने यस फिनालेले नृत्यप्रेमी दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै सुन्दरहरैंचाका विद्यार्थीहरूको प्रतिभा उजागर गर्नेछ।

नृत्य निर्देशक संघ नेपाल सुन्दरहरैंचा नगर समितिका अध्यक्ष शिव श्रेष्ठले भने: “सुन्दरहरैंचामा पहिलो पटक आयोजित इन्टर स्कुल सोलो डान्सिङ आइडलले यहाँका बालबालिकाको नृत्य प्रतिभा उजागर गर्न ठूलो योगदान पुर्‍याएको छ। बिराट एक्स्पो २०८१ भित्र यस प्रतियोगिताको फिनाले आयोजना गर्न पाउँदा हामी गर्व महसुस गरिरहेका छौं। यो प्रतियोगिताले बालबालिकाहरूमा आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई राष्ट्रिय स्तरमा पुग्न सहयोग पुर्‍याउने विश्वास लिएका छौं। भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै, सुन्दरहरैंचालाई सांस्कृतिक गतिविधिहरूको केन्द्र बनाउने हाम्रो लक्ष्य छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *