न्यानो कपडा बितरण साथै बिबिध कार्यक्रम गरी ३३ औं प्याबसन दिवस सम्पन्न

एलएन गच्छदार

पौष २४ गते

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा २, बेलडाँगी मा रहेको सरस्वती आधारभुत विद्यालयका बिद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ। सो विद्यालयमा रहेका ५५ जना विद्यार्थीलाई निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याबसन) नगर कार्यसमिति सुन्दरहरैंचाले ३३ औं प्याबसन दिवसको अवसर पारेर न्यानो कपडा बितरण गरेको हो।

उक्त अवसरमा कोशी प्रदेश उपाध्यक्ष अर्जुन बस्नेतले आर्थिक अवस्था र शिक्षामा सबैको समान अवसर नपाउँदा शिक्षा क्षेत्रको बिकास गर्न र ग्रामीण भेगका बिद्यार्थीलाई न्यानो कपडा बितरण कार्यक्रमलाई आधारभूत बिधालयले स्वीकार गरेकोमा अभार प्रकट गर्नुभयो ।

संस्थागत र सामुदायिक विद्यालय समानता भनेतापनि संस्थागत विद्यालय सामुदायिक बिधालयको अनुपातमा अगाडी रहेको देख्न सकिन्छ। सो अबसरमा नगर शिक्षा शाखा प्रमुख लिलादेवी ओझाका अनुसार नगरलाई शिक्षा हवको रुपमा बिकास गर्न सबै पक्षको आवश्यकता अपरिहार्यता रहेको बताउनुभयो  । साथै संस्थागत बिधालयको ब्यबस्थापकीय क्षमता र गुणस्तरीय शिक्षाको उच्च प्रशंसा गर्नुभयो ।

सो विद्यालयका प्रध्यानाध्यापक चन्दा कुमारी विश्वासले समेत प्याब्सनले गरेको रचनात्मक कार्यप्रति आभार प्रकट गर्दै स्थानीय सरकारले ओझेलमा परेको सामुदायिक आधारभूत विधालयको शैक्षिक गुणस्तर बिकास गर्न ध्यान आकर्षण गराउनु भयो । नगरपालिका शिक्षा शाखाको समन्वयमा न्यायो कपडा बितरण गरेको प्याबसन नगर अध्यक्ष दिपेन राई उल्लेख गर्दै सामाजिक क्षेत्रमा समेत निजि विधालयले सहयोग गर्दै आएको धारणा व्यक्त गर्नुभयो । साथै सो कार्यक्रममा वडा २ का अध्यक्ष बिबस प्रधानले समेत सामाजिक उतरदायित्व निर्वाह गरेको प्रति प्रशंसा गर्दै आभार प्रकट गर्नुभयो ।

उक्त अवसर प्याबसन सुन्दरहरैंचाले दिप प्रज्वलन समेत कार्यक्रम गरेको थियो भने नगरपालिकाकै २०७९ को एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने २ जना विद्यार्थीलाई सम्मान समेत गरेको थियो । छात्र तर्फ सिद्धार्थ माद्यामिक विद्यालयका   ३.९० जिपिए ल्याउने सौरभ बुढाथोकी र  छात्रा तर्फ ज्ञान ज्योति इंग्लिस स्कुलबाट ३.९५ जिपिए ल्याउने संस्कृति दाहाललाई दोसल्ला ओढाएर नगद सहित सम्मान पत्रले  सम्मान गरेको हो।

सो दिवसको अवसरमा प्याब्सन केन्द्रिय सचिव हेमन्त कार्की लगायत बक्ताले कार्यक्रमको उच्च मुल्याङकन गर्नुभयो । प्याब्सन अध्यक्ष दिपेन राईको अध्यक्षतामा भएको सो कार्यक्रममा प्याबसन सुन्दरहरैंचा सचिव टिका पराजुलीले  कार्यक्रम संचालन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *