सुकुना माविमा सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको ७ दिने सर्भे क्याम्प

माेरङकाे सुन्दरहरैंचा स्थित सुकुना माध्यमिक विद्यालय कक्षा १२ सिभिल इन्जिनियरिङ अध्ययनरत ४५ विद्यार्थीहरू ७ दिने सर्भे क्याम्पमा सहभागी भएका छन्। यही कार्तिक २१ गतेदेखि ७ दिनसम्म चल्ने यो क्याम्पकाे आयाेजना सिभिल इन्जिनियरिङ विभाग सुकुना माध्यमिक विद्यालयले गरेकाे हाे।

यस क्याम्पले विद्यार्थीहरूमा व्यावहारिक सीप, समूहमा काम गर्ने क्षमता, पुस्तकमा भएका कुराहरू व्यवहारमा उतार्ने अवसर तथा प्राविधिक सीप विकासमा सहयाेग पुर्याउने उद्देश्य राखेकाे छ। सिभिल इन्जिनियरिङ विभाग प्रमुख शराेज भट्टराईका अनुसार, यस क्याम्पमा विद्यार्थीहरू प्रयाेगात्मक शिक्षा प्रति उत्सुक र आकर्षित भएर सहभागी भएका छन्। विद्यार्थीहरूलाई सर्भे इन्जिनियरिङका प्रयाेगात्मक पक्षहरूमा सिकाइने र यसले उनीहरूलाई सर्भे प्राेजेक्टहरू सफलतापूर्वक सम्पन्न गर्न सहयाेग इन्जिनियर विक्रम खड्काले बताए ।

देशकै अग्रणी शैक्षिक संस्थाकाे रूपमा परिचित यस विद्यालयले यस्ता प्रयाेगात्मक कार्यक्रमहरू गरेर विद्यार्थीहरूकाे व्यावहारिक सीप विकासमा निरन्तर प्रयास गरिरहेकाे छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ