ड्रोन उडाएर मन्त्री आचार्यले गरे साजिलालको अभिभावक दिवसको उदघाटन

 मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा -६ मा साजिलाल माध्यमिक बिधालयले ५७ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएका  छन ।

३ दिन सम्म बिभिन्न बिज्ञान प्रदर्शनी संगै सुरु भएको उक्त कार्यक्रमको  समुदघाटन कोशी प्रदेशका पर्यटन वन तथा वातावरण  मन्त्री जीवन आचार्यले  ड्रोन उडाएर कार्यक्रम समुदघाटन गरेका  छन  ।

साइन्स संकायका बिद्यार्थीले निर्माण गरेको ड्रोन उडाएर मन्त्री आचार्यले उदघाटन गरेको हो। जग्गादाता स्व. साजिलाल चौधरीको सालिकमा माल्यार्पण समेत गरिएको थियो/  मन्त्री आचार्य उक्त अवसरमा लामो शैक्षिक इतिहास बोकेको कोशी प्रदेशको ठुलो बिधालयको रुपमा चिनिएको साजीलालको शैक्षिक,आर्थिक,भौतिक, सामाजिक जस्ता सम्पूर्ण गतिबिधि समेटेको बार्षिक मुख पत्र समेत बिमोचन गरे। 

मन्त्री आचार्यले कार्यक्रम सम्बोधन गर्दै  साजिलालका ३ बिद्यार्थी अभिषेक शर्मा, विकल घिमिरे र सुमन चौधरी अन्तर्राष्ट्रिय युवा बैज्ञानिक  सम्मेलनमा  मेक्सिको जाने बिद्यार्थीलाई हौसला प्रदान गर्दै शिक्षा एउटा नारामा सिमित होइन  ब्यबहारमा लागु गर्नुपर्ने र सामुदायिक  बिधालयमा सरकारले गरेको २० प्रतिशत शिक्षामा गरिएको  लगानी पर्याप्त नभएको आगामी बजेटमा शिक्षालाई मह्त्वपूर्ण ढंगले बजेट छुट्याउने  प्रतिबद्धता व्यक्त गरे ।.

बिस २०७९ सालमा स्थापना भएको उक्त बिधालयले ५७ औं बसन्त सम्म आइपुग्दा बिधालयले ६ वटा अक्षय कोष स्थापना गरेको छ।  संघीय सरकार, प्रदेश तथा स्थानीय सरकारमा बिधालयका भौतिक तथा शैक्षिक पक्षको ब्यबस्थापन तथा निर्माणका लागि प्रस्तावना पेश गर्दा पर्यटन वन तथा वातावरण मन्त्रालयबाट १ लाख ४५ हजार बराबरको योजना स्वीकृत भई काम समपन्न गरेको छ। 

त्यसैगरी कोशी प्रदेश सामाजिक बिकास मन्त्रालयबाट शिभिल इन्जियरिंङ तर्फ सामाग्री खरीदका लागि ५ लाख बिनियोजित  बजेटको  खरिद प्रक्रिया अघि बढी रहेको प्राचार्य श्यामबाबु काफ्लेले बताए।   बिज्ञान प्रदर्शनी स्टल सहित रहेको उक्त बिधालयमा २ वर्षमै बिज्ञान संकाय संचालन गरेको ३ बिधार्थी मेक्सिकोमा हुने अन्तराष्ट्रिय युवा बैज्ञानिक समेलमा जादै छन भने यसका लागी साबि पक्षले सहयोग गर्ने बचन दिएको प्राचार्य काफ्लेले बताए .।

बिधालयमा हाल शिक्षक कर्मचारी संख्या ९२ रहेकोमा सरकारी दरबन्दी २७ जना राहत अनुदान १० जना र ५५ जना शिक्षक कर्मचारीको तलब भत्ता निजि श्रोतबाट जुटाउन पर्ने अवस्था रहेको छ / ४८ बिगाहा जमिन श्रेस्तामा देखिए तापनि जग्गा दोहोरो स्वामित्व हुनु, बिधालयको जग्गा व्यक्तिगत घर तथा उपयोगमा रहेकोले यसलाई ब्यबस्थित गरी अगाढी बढाउनु पर्ने चुनौती देखिएको मुख पत्रमा उल्लेख छ ।   

सुन्दरहरैंचा नगरपालिकास्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मा एथलेटिक्स, कराते , उसुमा प्रथम र तेक्वान्दो , भलिबल छात्रामा द्धितिय गछिया जेसिजको आयोजन भएको अन्तर बिधालय हाजिरिजवाफमा तेस्रो स्थान हासिल गरेका छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *