बढी मूल्य लिएर पानी बेच्ने इटहरीको (Elite) ई-लाइट सिनेमा हलललाई ३ लाख रुपैयाँ जरिवाना
,
बढी मूल्य लिएर पानी बेच्ने इटहरीको (Elite) ई-लाइट सिनेमा हलललाई ३ लाख रुपैयाँ जरिवाना
इटहरी । इटहरीको ईलाइट सिनेमा हलले अधिकतम खुद्रा मूल्य भन्दा एम्आरपी भन्दा बढी मूल्यमा पानी बेचेपछि ३ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
इटहरी वडा नं ४ मा सञ्चालनमा रहेको ई लाइट सिनेमा हललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जरिवाना गरेको हो ।
ग्राहकाले बढी मूल्य लिईएको भन्दै हलमा गुनासो गर्दा जहाँ गएर उजुरी गरे पनि हुन्छ भन्दै धम्क्याएपछि उजुरी गरेका थिए ।
इटहरी उपमहानगरपालिकाको बजार अनुगमन शाखा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले उजुरीलाई सम्बोधन गर्दै अनुगमन गर्ने क्रममा अङ्कित मूल्य भन्दा बढीमा सामाग्री बेचेको पाइएपछि जरिवाना गरिएको हो ।