शान्ति ब्रह्मा कुमारी राजयोग पाठशालाको भूमि पुजन तथा दुई तले भवनको शिलान्यास
मंसिर -२१ गते
पथरी शनिश्चरे वडा नं १ को गुम्बा लाईनमा ॐ शान्ति ब्रह्मा कुमारी राजयोग पाठशालाले भूमि पुजन तथा दुई तले भवनको शिलान्यास गरेको छ।
आज बिहान पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाे र उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले संयुक्त रुपमा उक्त भूमि पुजन कार्यक्रम तथा शिलान्यास गर्नुभएको हो।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापाे हाम्रा आचरण- व्यवहारहरू परिवर्तन गर्नु पर्ने भन्दै सकरात्मक सोच विकास गर्नुमा जोड दिनुभयाे।
ब्रह्मा कुमारी राजयोग कोशी प्रदेश प्रमुख गीता दिदीको अध्यक्षतामा सम्पन्न भएको उक्त शिलान्यास कार्यक्रममा विशिष्ट अतिथिहरुको रूपमा पथरिशनिश्चरे वडा नं १ का वडाध्यक्ष भीमकुमार राई, संविधानसभाका सभासद् चण्डीप्रसाद राई, आचार्य पण्डित केवल कृष्ण अधिकारी, पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत, सब डिभिजन कार्यालय पथरीका प्रमुख त्रिभुवन शाह, पथरी बहुमुखी क्याम्पसका कार्यवाहक अध्यक्ष माधवप्रसाद कोइराला, पथरी खानेपानी उपभोक्ता तथा सरसफाई समिति अध्यक्ष जयराम बिष्ट, पथरी जेसिसका अध्यक्ष राजकुमार विश्वकर्मा, पथरी शनिश्चरे स्वास्थ्य प्रमुख मुरारी प्रसाद आचार्य, सुनाखरी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रदिप कुमार राई, पंच्यात माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञप्रसाद बास्कोटा, लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।