सहकारी संस्था लि दुलारीको ३२ औं बार्षिक साधारणसभा सम्पन्न
एलएन गच्छदार पौष २६ गते
सुन्दरहरैंचा नगरपालिका वडा -६ मा रहेको सहकारी लिमिटेड दुलारीको ३२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
नगर प्रमुख केदार प्रसाद गुरागाईंले कार्यक्रमको उदघाटन गर्दै संस्थाका अध्यक्ष चैतन्य प्रसाद सिटौलाले बार्षिक गतिविधि तथा अगामी कार्ययोजना र प्रगति बिवरणको प्रतिवेदन प्रस्तुत गर्नुभयो।
सहकारी संस्थाको गठन समुदायमा रहेको विविधतापूर्ण, सामाजिक, साँस्कृतिक, आर्थिक, धार्मिक संरचना भित्रबाट सहकारीका मूल्य मान्यताको अनुसरण गर्दै आफ्ना आर्थिक हितहरु पूरा गर्न संगठित गरिएको सहकारी संस्था लि. दुलारीले स्वावलम्वन पारस्पारिकता र साझा वन्धनले सहकारी व्यवसायको निर्माण गरेको छ ।

संस्थामा सेयर खरिद गर्न, निक्षेप जम्मा गर्न संस्थामा आफ्ना साथीहरुलाई सदस्य वनाउन संस्थाले गर्ने कार्यक्रममा नियमित सहभागी हुन र संस्थालाई राम्ररी विकास र प्रगति तर्फ लैजानका लागि आवश्यक सुझाव, राय, विचारोत्तेजक परामर्श प्राप्त हुने कुरामा आशा राख्दै अध्यक्ष सिटौलाले वित्तीय संस्थाहरु र सहकारी संस्थाहरु जन्मने, विकास हुने र आफ्ना क्रियाकलाप संचालन गर्ने कार्य भइरहने धारण राख्नुभयो।

त्यसैगरी संस्थाका ब्यबस्थापक लोकबहादुर तामाङले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयो भने सचिव चिरन्जीबी रेग्मीले आर्थिकरुपमा सहकारीहरु बिचलि भैरहेको अवस्थामा संस्थाले बचत तथा ऋण कारोबार संगै किसानको हितमा काम गरेको बताउनुभयो ।
बिस २०३३ सालमा संस्था स्थापना गरी कृषि, मल बिउ बिजन उपभोक्ता पसल बचत् र ऋणको कारोबार गर्दै आएको छ भने साबिक सुन्दरदुलारी र कोशीहरैंचा नगरपालिका हाल सुन्दरहरैंचा नगरपालिका वडा २,3,४,५,६,७,८ र ११ मा आफ्नो कार्यक्षेत्र विस्तार गर्दै ९ सय १3 जना सदस्य रहेको छ ।
उक्त बार्षिक साधारण सभामा सल्लाहकर भक्ति सिटौला, स्थानीय वडाअध्यक्ष कैलाश बस्नेत, सन्तोष लिंग्देन, गणेश चौधरी लगायत सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।
