प्याबसन सुन्दरहरैंचाको साधारणसभा सम्पन्न

एलएन गच्छदार / पौष २५ गते

सुन्दरहरैंचा नगर निजि तथा आवासीय विध्यालय अर्गनाइजेशन नेपाल (प्याबसन) को चौथौं बार्षिक साधारणसभा बुधबार हसिना सिमसार क्षेत्रमामा सम्पन्न भएको छ।

बनभोज सहितको साधारणसभामा प्याबसन अध्यक्ष दिपेन्द्र राईले बार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजनाको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभयो।

सो साधारणसभामा ९ लाख २० हजार रुपैयाँँ बराबरको आयब्यय विवरण प्रस्तुत गरिएको थियो।

प्याबसनका केन्द्रीय सचिव हेमन्त कार्की, कोशी प्रदेश अध्यक्ष टिकाराम ढकाल, उपाध्यक्ष अर्जुन बस्नेत, मोरङ जिल्ला अध्यक्ष प्रेमलाल सिंह सुवाल , लगायतका बक्ताहरुले प्याबसन गतिविधि माथि प्रकाश पार्नुभयो।

कार्यक्रममा प्याबसन नगर उपाध्यक्ष दिपक क्षेत्रीले सहभागी अतिथिहरुलाई स्वागत मन्तब्य मार्फत सम्बोधन गर्नुभयो भने नगर सचिव टिकाराम पराजुलीले कार्यक्रम संचालन गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *