अपांगता भएका तामाङ परिवारलाइ इटहरी उपमहानगरद्वारा आर्थिक सहयोग

इटहरी । लैङ्गिक हिसां विरुद्दको १६ दिने अभियानको नवौ दिन इटहरी उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इटहरी २ स्थित लक्ष्मण तामाङ्गको परीवारलाई जीवन निर्वाहको निम्ति आर्थिक सहयोग गरीएको हो ।

https://janacharchatimes.com.np/wp-content/uploads/2023/08/358573545_688298886644492_2885704287178363969_n.jpg >

अपाङ्गता भएका एकै परिवारका सद्स्यहरुलाई शनिवार निवासमै पुगेर इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता चौधरीले नगद रु १ लाख रुपैया हस्तान्तरण गरेकी छिन् । नगद हस्तान्तरण गर्दै उपमेयर चौधरीले स्वास्थ्यलाभको कामना समेत गरेकी थिईन् ।

नगर अपाङ्ग सञ्जाल इटहरी,स्पाईनल इन्जुरी संघ र जे.ना अपाङ्ग संघ सगको सहकार्यमा इटहरी उपमहानगरपालीकाले आर्थिक सहयोग गरेको सामाजिक शाखा प्रमुख भोजकला दावडिले बताईन् ।इटहरी २ स्थित लक्ष्मण तामाङ्गको ३ जना छोराछोरी अपाङ्ग रहेको र आर्थिक अबस्था समेत कमजोर रहेको छ । सो -कारण दैनिक गुजरा गर्न नै समस्या हुँदै आएको तामाङ्गले बताएका छन् ।

लैङ्गीक हिसां विरद्दको १६ दिवसिय अभियान अन्तरगत इटहरी उपमहानगरपालीकाले विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।मंसिर ९ गते विभीन्न कार्यक्रम गर्दै इटहरी उपमहानगरपालीकामा प्राङ्गणमा अन्तर्राष्ट्रिय महिला हिसां अन्त्य दिवसको दिन उद्घाटन गरीएको अभियान १६ दिन सम्म चल्ने छ ।यस वर्षको अन्तर्राष्ट्रिय नारा र राष्ट्रिय नारा सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियानू रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ