६ वर्षीया बेनिसा बस्नेतको जीवन बचाउन अपिल
एलएन गच्छदार / सुन्दरहरैंचा / चैत्र ९ गते
धर्म देवी नगरपालिका–४ निवासी भरत बस्नेत र खड्कमाया कार्की बस्नेतकी ६ वर्षीय छोरी बेनिसा बस्नेत जीवन र मृत्युसँग संघर्ष गरिरहेकी छिन्। ब्रेन ट्युमर जस्तो घातक रोगले ग्रस्त बेनिसाको हालसम्म दुईवटा शल्यक्रिया (अप्रेसन) सफलतापूर्वक सम्पन्न भइसकेका छन्। तर थप तीनवटा शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूको सिफारिस रहेको छ।
तर, कमजोर आर्थिक अवस्था भएका बेनिसाका अभिभावक अब उपचार खर्च जुटाउन असमर्थ भएका छन्। उपचारकै क्रममा भएको सम्पत्ति सकिएकोले बालिकाको थप उपचारमा कठिनाइ आइरहेको छ।
यस कठिन घडीमा सबै मनकारी महानुभावहरूलाई सकेको आर्थिक सहयोग गरी बालिकाको जीवन बचाउन योगदान दिन आग्रह गर्दछौं। तपाईंहरूको सानो सहयोगले बेनिसाले नयाँ जीवन पाउनेछ। साथै, यो अपिललाई सकेसम्म धेरैजनासम्म पुर्याउन सेयर गरेर सहयोग गरिदिनुहुन अनुरोध छ।
“मानव सेवा नै धर्म हो” – तपाईंको एक सानो सहयोगले कसैको जीवन बच्न सक्छ।






