पथरी शनिश्चरेमा संघीय सांसद सुनिल शर्मा र प्रदेश सांसद मान बहादुर लिम्बुको संयुक्त सम्पर्क कार्यालय उद्घाटन

पथरी शनिश्चरे, चैत -९ गते
मोरङ्गको क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस महासमिति सदस्य डा. सुनिलकुमार शर्मा र सोहि निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट प्रत्यक्ष निर्वाचित कोशी प्रदेश सभाका सांसद तथा कांग्रेस महासमिति सदस्य मानबहादुर लिम्बुको आफ्ना निर्वाचन क्षेत्रका जनतालाई सहजताका निमित्त संयुक्त सम्पर्क कार्यलय उद्घाटन भएको छ।
आज शनिबार मोरङको पथरी शनिश्चरे वडा नम्बर -२ बुद्धचोकमा संघीय सांसद सुनिल शर्मा र प्रदेश सांसद मानबहादुर लिम्बुले संयुक्त रुपमा रिबन काटेर उक्त सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो।
संघीय सांसद डा.सुनिल शर्माले स्वास्थ्य बीमा गर्ने बीमितहरूले पहिलो वर्षमा २ लाख, दोस्रो वर्षमा ५ लाख र तेस्रो वर्षमा १० लाख रुपैयाँ बराबरको बीमा सुविधा पाउनुपर्ने कुरामा आफूहरुले संघीय सदनमा पेश गरेको र संघीय संसदले एक स्वरले पास गरेकोले
स्वास्थ्य बीमा सम्बन्धी विधेयक कानुनी रूपमै आउने उहाँले विश्वास गर्नुभयो ‌। यो विधेयक पास भएमा नयाँ इतिहास रच्ने र मतदाताले दिएको मत खेर नजाने उहाँले विश्वास गर्नुभयो।
उहाँले ‘यो निर्वाचन क्षेत्र अन्तर्गत पथरी शनिश्चरेदेखि सलकपुर सम्म करिब २ अर्ब भन्दा बढी बजेट प्राप्त गरेको र थुप्रै विकासका योजना सञ्चालन भइरहेको उहाँले बताउनुभयो। उहाँले खानेपानी सडक बिजुली पुल तटबन्धन जस्ता विभिन्न विकासका कार्यहरुका लागि आवश्यक बजेट ल्याउनका लागि पहल गरिरहेको बताउनुभयो।

संघीय सांसद डा. शर्माले पथरी डाईनिया सडक खण्डको स्तोन्तरी र कालोपत्रे लगायतका विभिन्न सवालहरूमा आफूले पहल गरिएको बताउनुभयो।
उक्त अवसरमा संविधानसभाका सभासद् तथा नेकपा एकीकृत समाजवादी पार्टीका मोरङ सह इन्चार्ज चण्डीप्रसाद राई, नेकपा माओवादी केन्द्रका पथरी शनिश्चरे अध्यक्ष गोविन्द कटवाल, एकीकृत समाजवादीकी महिला नेतृ कृष्णकुमारी विश्वकर्मा,लगायतले नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीको संयुक्त गठबन्धनले निर्वाचन ताका जनताको घरदैलोमा गरेका बाचाहरु पूरा गर्न पनि दुवैजना सांसदहरूलाई शुभ-कामना व्यक्त गर्नुभएको थियो।
विद्यार्थी नेताहरुले पूर्वपश्चिम राजमा नेपाली कांग्रेस महासमिति सदस्य वसन्त भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता क्षेत्रीय कार्यसमितिका सभापति गणेश खड्काले गर्नुभएको थियो। उक्त अवसरमा नेपाल विद्यार्थी सङ्घका विद्यार्थी नेताहरुले पथरी सनसरी खण्डमा बन्दै गरेको एसियन हाइवे सहरी मापदण्ड अनुसार नै निर्माण हुनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका थिए। उक्त अवसरमा नेपाली कांग्रेसका भातृ संगठनका पदाधिकारीहरू तथा तथा विभिन्न पार्टीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *