सफल सिद्धार्थको ३० औं अभिभावक दिवस बिदाई तथा दिक्षान्त कार्यक्रम सम्पन्न
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -५ मा अबस्थित सफल सिद्धार्थले ३० औं अभिभावक दिवस बिदाई तथा दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ।
सुन्दरहरैंचाकै नमुना बिधालयल रहेको सफल सिद्धार्थले अभिभावक र विद्यार्थीको मन जित्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।
बिधालयका अध्यक्ष कमल तिम्लसिनाले बिधालय संचालन गरिरहदा विभिन्न चुनौतिसंग पार गर्दै समाजिक उतरदायित्व बहन गर्दै आएको बताए। नमुना बिधालयको चिनाउने प्रयासरत जारी रहेको भन्दै अब्बल बिधालयरुपमा परिभाषित समेत रहेको बताए।

उक्त कार्यक्रममा बिबिध बिधामा उत्कृष्ट बिद्यार्थीलाई सम्मान तथा पुरस्कार बितरण तथा सांस्कृतिक कार्यक्रम तथा प्रतिभा प्रस्पुटन समेत रहेको थियो।
एसईई ब्याच २०७९ लाई मायाको चिनो सहित बिदाइ समेत गरिएको थियो।
