नयाँ बर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा पुरस्कार बितरण कार्यक्रम

सुन्दरहरैंचा नगरपालिका वडा -३ गछियामा रहेको माउण्ट मकालु आवासीय माध्यमिक बिधालयले नयाँ बर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा पुरस्कार बितरण कार्यक्रम २०७९ सम्पन्न गरेका छन।

नगरप्रमुख केदार प्रसाद गुरागाईंले कार्यक्रमको समुदघाटन गर्दै शिक्षा भनेको शिक्षक अभिभावक र बिद्यार्थीको पारस्परिक सम्बन्ध बिना सम्भव नहुने कुरामा जोड दिएका छ्न। अभिभावक परामर्शको खाँचो रहेको भन्दै बिद्यार्थी र अभिभावक मैत्रीपुर्ण बनाएर अबको शिक्षा लानुपर्ने जोड दिदै प्रबिधि र संस्कारयुक्त शिक्षालाई अगाडि बढाउनु पर्ने बताएका छन। कार्यक्रममा यौनजन्य घट्ना घटिरहेको अवस्थामा अब छात्रासंग उपप्रमुख कार्यक्रम बिधालयमा ल्याउने कुरामा जोड दिदैं नगरप्रमुख गुँरागाईंले अब शुक्रबार आधा बिदा होइन अतिरिक्त क्रियाकलाप संगै अब पुरा समय नै पठपाठन हुने कुरा जोड दिएका छन।

उक्त कार्यक्रममा अतिरिक्त क्रियाकलापमा विभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कर समेत बितरण गरेको छ। प्याबसन नगर अध्यक्ष दिपेन राईले नयाँ बर्षको शुभकामना दिदै आफ्ना धारणा प्रस्तुत गरेका थिए भने प्रिन्सिपल हेमन्त कार्की सभाध्यक्षतामा कार्यक्रम समपन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *