बाघझोडा कोशी प्रदेशको एक नमुना गन्तब्य

बागझोडा पोखरी पर्यटकीय सिमसार क्षेत्र  नेपालको कोशी प्रदेश मोरङ जिल्लामा अवस्थित पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताको हिसाबले महत्त्वपूर्ण स्थान हो। सुन्दरहरैँचा नगरपालिका वडा –१० साबिक  इन्द्रपुर गाविसको वडा नम्बर १  मा अवस्थित यो क्षेत्रको क्षेत्रफल करिब बाघ झोडा पोखरी सिमसार ७ बिघा ५ कठा १२ धुर  बिगाहा रहेको छ। पोखरी बाहेक उतर तिर बन क्षेत्र भित्र करिब १० बिघा पानी रसाएर आउने सिमसार क्षेत्र  रहेको छ /  

बाघझोडा क्षेत्रमा प्रवेश गर्नासाथ किराँत साकेला थान प्रवेशद्वारका रूपमा रहेको छ। यहाँ दुइवटा विश्राम घर, एउटा चौतारो र एउटा फलैचा पनि निर्माण गरिएका छन्। यसको बाटो तिरको भागमा तारघेरा वारागरिएको देखिन्छ। यस स्थानमा हरेक वर्षको वैशाख १५ गते मेला लाग्ने गर्दछ। यस झोडाभित्र धिमालहरूले मान्ने जलेश्वरी देवीको मन्दिर छ। स्थानीय धिमालहरूको मेला यसै मन्दिर परिसरमा लाग्ने गर्दछ। त्यसबाहेक झोडा परिसरमा पर्ने एउटा शिवालय र प्रवेशद्वारसँगै किराँतहरूको साकेला थान पनि छ। बाघझोडामा एउटा शिवलिंग खुला चौरीमा नै राखिएको छ। त्यस स्थानमा वनभोज खान जानेहरूका लागि ससाना छाप्राहरू निर्माण गरिएका छन्। तसर्थ पनि यस छेउछाउका मानिसहरू प्रशस्तै मात्रामा यस भेगमा बनभोज खानका लागि जाने गरेका छन्। 

सदरमुकाम विराटनगर देखि करिब ३२ किलोमिटर उत्तरपूर्वमा रहेको यो स्थान प्राकृतिक दृष्यावलोकनका लागि प्रख्यात छ।  वन विनाश र बढ्दो मानव बस्ति सगै यहाँका जंगली जनावर नासिँदै गएका छन्। स्थानीय मानिसहरूको भनाई अनुसार यस ठाउँमा खेत खन्दा परापूर्व कालमा सीपाहीहरूले प्रयोग गर्ने कवच र तरवारहरू फेला परेका थिए र ती सामानहरू क्षेत्रीय संग्रालय धनकुटामा राखिएको छन्।  वि. सं २०३६ साल अघिसम्म यस क्षेत्रमा बाघ पाइने हुनाले यस क्षेत्रमा पानी पिउन आउने हुनाले त्यसै आधारमा बाघझोडा रहन गएको बागझोडा पोखरी पर्यटकीय सिमसार क्षेत्र  अध्यक्ष तथा पुर्व संबिधान सभा  सदस्य चन्द्र बहादुर गुरुङ बताउँनुहुन्छ ।

विविध कारणले पछि परेको यो सिमसारको अहिले भने केही विकास र सुधार भएको अवस्था छ। यहाँ अहिले बाघझोडा पोखरी संरक्षण एवं सम्वर्द्धन समितिले विविध काम गरिरहेको छ। सिमसारलाई अझै व्यवस्थित र विकास गर्न स्थानीय र प्रदेश सरकारले केही राम्रो बजेट छुट्ट्याउनुपर्ने सिमसार  संरक्षण समितिका अध्यक्ष तथा पूर्व संबिधान सभा सदस्य गुरुङको  तर्क छ ।

बाह्रै महिना पानीको दुःख नहुने तथा कहिल्यै नसुक्ने सिमसार क्षेत्र भएकोले अहिले यहाँ ठूलाठूला पोखरीसमेत निर्माण भएका छन्। यसबाट खेती किसानका लागि सिँचाइमा पनि मद्दत पुगेको छ। यस क्षेत्रलाई अझै राम्रो विकास गरेर निर्माण भएको तालजस्तै सुन्दर पोखरीमा डुङ्गा सयरको व्यवस्था गर्न सके राम्रो आम्दानी गर्ने सकिने छ पोखरीको बिचमा भ्यु टावर बनाउने लक्ष्य रहेको भन्दै यसलाई पर्यटकीय र धार्मिक बिकास हुन् सके नमुना पर्यटकीय क्षेत्र बन्ने  बागझोडा पोखरी पर्यटकीय सिमसार क्षेत्रका सचिव तुलसी प्रसाद रिमाल बताउनुहुन्छ   । 

बाघझोडा सिमसार सुन्दरहरैँचा नगरको पहिचान तथा गहना भएकाले यसको विकासका लागि राम्रो गुरुयोजना बनाएर राज्यको समेत ध्यानाकर्षण गरी सिमसारलगायत अन्य पर्यटकीय क्षेत्रको हित तथा सुधारका पहल गर्न आवश्यक छ। 

प्रदेशको आर्थिक विकासको प्रमुख आधारको रुपमा रहेको पर्यटन क्षेत्रको माध्यमबाट रोजगारीको सृजना, आर्थिक क्रियाकलापमा वृद्धि र समग्र प्रादेशिक आर्थिक विकाश र समुन्नतीमा टेवा पुर्याउदै, वन, वातावरण तथा जलाधार क्षेत्रको संक्षणको माध्यमबाट खेतीयोग्य भूमिको संरक्षण र उत्पादकत्वमा वृदि, पानीमुहान, बन्यजन्तु र जैविक बिबिधताको संरक्षण र वातावरणीय स्वच्छता कायम राख्दै स्रोतको दिगो उपयोग मार्फत अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्यका साथ अघि बढेको मन्त्रालयको गतिबिधि सुचना प्रचार प्रसारण गर्न समेत अपरिहार्य छ । जसबाट आम जनतामा जानकारी र पहुँच पुग्न समेत जरुरि छ ।   

 त्यसै गरी कोशी प्रदेश पर्यटन, बन बातावरण मन्त्रालयले भू तथा जलाधार व्यवस्थापनको क्षेत्रमा बाढी पहिरो नियन्त्रण, गल्छी कटान रोकथाम, पानी मुहान संरक्षण, सडक किनारा संरक्षण लगाएतका विभिन्न कृयाकलापहरु आफ्नो मातहतका निकायहरुबाट सम्पादन गर्दै आएको छ ।

सोको लागि प्रदेश सरकारले यस क्षेत्र बिकास र संरक्षणमा उतिकै ध्यान समेत दिएको छ भने अझैँ यसको प्रवर्द्धन र बिकास निर्माण गर्न आवश्यक बजेट विनियोज गरि बिकास गर्ने हो भने कोशी प्रदेशकै नमुना पर्यटकीय गन्तब्य बन्ने छ ।

भिडियो हेर्नका लागि :-

(424) बाघझोडा कोशी प्रदेशको एक नमुना गन्तब्य – YouTube

Leave a Reply

Your email address will not be published. Required fields are marked *