पिकअप र मोटरसाईकल ठोकिदा सुन्दरहरैचाका सुवेदीको मृत्यु
बिराटनगर : पिकअप र मोटरसाईकल एक आपसमा ठक्कर लागी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धनकुटाको धनकुटा नगरपालिका-३ स्थितमा प्रदेश १ -०४-००१ च १३३६ नम्बरको पिकअप र छथर गाउँपालिका-५ का २३ बर्षीय दिपेश ढकालले चलाएको प्रदेश १-०२-०५३ प ३१६८ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लाग्दा घाईते भएका मोटरसाईकल पछाडि सवार मोरङ सुन्दरहरैंचा नगरपालिका-२ का ३२ बर्षीय सुमन सुवेदीलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पुर्याउनासाथ उनको मृत्यु भएको थियो ।
दुबै सवारी साधन र पिकअप चालक धनकुटा-६ का ३१ बर्षीय लक्ष्मण राई र मोटरसाईकल चालकलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।