सुन्दरहरैचामा मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते
बिराटनगर : मोरङमा सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन्। सुन्दरहरैचा नगरपालिका १ साधुटोल स्थित भित्री सडक खण्डमा हरैचाबाट मृर्गौलिया तर्फ जादैँ गरेको प्रदेश १-०२००४१ प १४५५ नम्बरको मोटर साइकलले बिपरीत दिशाबाट आउँदै गरेको को १० प ५५७२ नम्बरको मोटर साइकललाई ठक्कर दिदा १४५५ नम्बरको मोटरसाइकल चालक अशिष खवास र पछाडी बस्ने दिप्शन श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ।
खवासको बायाँ खुट्टा र हातमा चोट लागेको छ भने श्रेष्ठको दाहिने खुट्टा,हातमा लागेको प्रहरीले जनाएको छ। दुवै घाईतेलाई उपचारको लागि तुल्सी फार्मेसी बिराटनगर पठाएको जनाएको छ।अर्का मोटर साइकल चालक ३० बर्षका रविन मिश्र उपचारमा संलग्न रहेको जनाएको छ। दुवै मोटर साइकललाई इलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको जनाएको छ।