क्यु आर कोड मार्फत सेवा दिने कोशी प्रदेशको पहिलो नगरपलिका सुन्दरहरैंचा

एलएन गच्छदार

बैशाख ५ गते

सुन्दरहरैचा नगरपालिकालाई स्मार्ट नगर निर्माण गर्ने अभियानको रूपमा अनलाईन पेमेन्ट अनलाईन सिफारीस, ई सिफारीस सेवासंगै बुधवारबाट डाईनमिक क्यू आर कोड मार्फत करदाताले बुझाउनु पर्ने सबै प्रकारका करहरू लिने प्रणालीको सुरुवात गरेका छ्न ।

उक्त सेवाको उदघाटन नगर उपप्रमुख अकली चौधरीले गरेकी छिन भने कर प्रशासनलाई सरल र सहज बनाउँदै करदातामैत्री नगर निर्माण गर्ने अभियान सुरू गरेको यो नगरपालिका डाईनामिक क्यू आर कोड मार्फत कर लिने कोशी प्रदेशको पहिलो नगरपालिका बनेको छ ।

अब करदाताहरूले अनलाईन पेमेन्ट गेटवेका विधिहरू: फोन पे, ई सेवा, खल्ती हाम्रो पे लगायतका विविध विधीहरू प्रयोग गरी घर मै बसी बसी कर तिर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले बताए ।

साथै नगरपालिका र सो अन्तर्गत रहेका वडाहरूबाट कर, दस्तुर, सेवा शुल्क तिर्दा वा बुझाउँदा खुल्ला नोट बोकर नगरपालिका आउनु पर्ने वा कर तिनें क्रममा पैसा नपुगेर एटीएम र बैक धाएर पैसा लिन जानु पर्ने अबस्थाको अन्त्य गर्न यस किसिमको सेवा ल्याएको राश्व संकलन प्रमुख बाबुराम भट्टराईले जानकारी दिए ।

एक कार्यक्रम बिच अनलाईनबाट नै कर बुझ्ने प्रक्रिया सुरू भई सकेकोले नगरवासी आमा बुवा दाजु भाई दिदी बहिनी सबैलाई नगरपालिकाको ई सर्भिस डट सुन्दरहरैचा मुन डट जीओभी डट एनपी मा गएर विद्युतिय माध्यमबाट कर तिर्न हुन नगरले अनुरोध समेत गरेको हो।


डाईनमिक क्यू आर कोड मार्फत कर असुली गर्ने भनेको करदाताले नगरपालिकालाई तिर्नु बुझाउनु पर्ने सबै प्रकारका करहरू अनलाईन गेट वेको मार्फत तिर्नु भन्ने बुझिन्छ ।

जसका लागि करदाता महानुभावहरूलाई यस नगरपालिका र वडा कार्यालयहरूमा रहेका राजश्व शाखाका कर्मचारीहरूसँग सम्पर्क र समन्वय गरी सहज र सरल तरीकाले कर, दस्तुर र सेवा शुल्क बुझाउन सकिनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ