सुन्दरहरैंचामा बढ्दो कर सम्बन्धि सर्वपक्षीय बैठक बोलायो, उच्चस्तरीय सल्लाकार गठन गर्ने

एलएन गच्छदार, भदौ १८ गते

सुन्दरहरैंचा नगरपालिकाले कर वृद्धि बिरुद्ध आन्दोलन गरी तालबन्दी गरेपछि सोमबार सर्वपक्षीय बैठक बस्यो।
नगपालिकाले लगाएको करवृद्धिका बिषयमा सर्वपक्षीय बैठकमा
नगर प्रमुख केदार प्रसाद गुरागाईंको अध्यक्षता बसेको हो ।

उक्त सर्वपक्षीय बैठकमा सुन्दरहरैंचा नगरपालिकाले आर्थिक ऐन, २०८० मा तोकेका करकाका सम्पूर्ण सरोकारवालाहरूसँग छलफल पश्चात आवश्यक अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्नका लागि प्रवक्ता रोशनप्रसाद ढकालको संयोजकत्वमा गठित समितिमा दुई जना बिज्ञ (द्वितीय सेवानिवृत्त भएका कर्मचारी ) समिति गठन गर्ने र आगामी नगर कार्यपालिकाको पेश गर्ने निर्णय गरिएको छ। उक्त समितिलाई राजस्व सम्बन्धी अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि एक महिनाको समयावधि उपलब्ध गराउने निर्णय गरिएको छ।

त्यसै गरी सुन्दरहरैचा नगरपालिकाले आर्थिक ऐन २०८० मा सोकेका करका क अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्नका लागि सत्ता तथा प्रदान गर्नका लागि नगर प्रमुख केदार प्रसाद गुरागाईंको अध्यक्षमा नगरपालिका प्रमुख राजनीतिक दलहरू सहित उच्चस्तरीय सल्लाहकार समिति गठन गर्ने निर्णय गरिएको छ।

सर्वपक्षीय बैठकमा कसले के भने :-
वार्ता समिति संयोजक रहेका भक्ति सिटौलाले करको दायरालाई बैज्ञानिक रुपमा समायोजन गरी लानुपर्ने बताए।

वार्ता समितिका सदस्य दुश्यन्त भट्टराईले आर्थिक ऐन नै गलत भएको टिप्पणी गर्दै नगर सकार समयमै गम्भीर हुन नसकेकोपछि चरणबद्ध आन्दोलनको कार्यक्रम बढेको उल्लेख गरेका छ्न।

कर नतिर्ने होइन करको वर्गीकरणमा अबैज्ञानिक भएको टिप्पणी गर्दै बार्ता समितिका सदस्य पुरण राईले पहिलेको आर्थिक बर्ष भन्दा यस बर्ष बढाउने प्रावधान नियमसंगत नभएको र थाम्नै नसक्ने करको भारले मारमा परेको आरोप छ।

नगर राजश्व परामर्श समितिमा रहेका सुन्दरदुलारी उधोग बाणिज्य संघका अध्यक्ष जिवन डुङ्गनाले हालको मन्दी अवस्थामा बैंकले तनाब दिएको अवस्थामा ब्यबसायी धारासायि हुदै गएकोमा हिजोको तुलनामा आज करको दायरा बढाउनुपर्ने तर कर वृद्धि होइन भन्दै कर वृद्धि भयो भन्दैमा यसरी ढाड सक्ने गरी वृद्धिले जनता मारमा परेको उल्लेख गरे। वर्गीकरणले कर वृद्धि भएको नगरले भनिरहदा वर्गीकरण अब्यबहारिक भएको डुङ्गनाको तर्क थियो।

सुन्दरहरैंचा उधोग बाणिज्य संघका पुर्व अध्यक्ष तथा राजश्व परामर्श समितिमा बिगत देखी काम गर्दै आएका व्यावसायी नवराज चपागाईंले नगरले प्रक्षेपण गरेको रकम भन्दा बढी करको दर वृद्धि भएको बताउनु भयो।

नेकपा एमाले नगरकमिटी अध्यक्ष मातृकाप्रसाद ढकालले करको सम्बन्धमा जग्गा वर्गीकरणमा समस्या रहेको भन्दै बिराटचौकलाई आधार मानेर यसको वरिपरि डेढ किलोमिटरको पेरिफेरीमा रहेर ब्यबसायिक केन्द्रको वर्गीकरण गरेको बताए । ब्यापारिक क्षेत्रलाई कर वृद्धि गरेकोमा उपयुक्त रहेको टिप्पणी गरे।

रेडियो सुसेलीका प्रबन्धक निर्देशक बाबुराम निरौलाले व्यावसायि क्षेत्रलाई बृताकारमा वर्गीकरण होइन एल सेपमा भएको भए जनता मारमा नपर्ने सुझाब दिए।

व्यवहारिकरुपमा करको दायरा बैज्ञानिक ढंगले सान्दर्भिक हुनुपर्ने , हामी कर अशुलीको पक्षमा रहेको तर कर असोभाविक रुपमा बढेको प्रति ध्यान केन्द्रित गराउदै राष्ट्रिय स्वतन्त्र पार्टी नगर अध्यक्ष बिबेक न्यौपाने कर समायोजन हुनु पर्ने नगर प्रमुख गुरागाईंसंग माग गरेका थिए ।

नगरप्रमुख केदार प्रसाद गुरागाईंले ४ पटक भन्दा भु- उपयोगको बिषयमा वडावडामा छलफल गरेको, धेरै ट्याक्स उठाउनका लागी होइन कृषि जग्गाको वर्गीकरण र जग्गा खण्डिकृत रोक्न लागी राज्य नै लागिरहेको अवस्थामा भुउपयोग निति अनुरुप लागेको बताए।

निजि क्षेत्रको प्रतिनिधित्व गर्ने राजश्व परामर्श समितिका सदस्यलाई पटक पटक बैठकमा बोलाउदा नआउने र हिजो गरेका निर्णयको अनरसिप समेत अनुपस्थित सदस्यले नलिएको नगर प्रमुखको आरोप थियो।

कर केहि मात्रामा वृद्धि भएको भन्दै नगरप्रमुखले भु वर्गीकरणलाई आवासमा जाने या कृषिमा सुचना जारी गरेको बताए । स्वेच्छिकरुपमा यो सुबिधा दिएको भन्दै कतिपय सन्दर्भमा थोरै हुनेलाई कर तिर्न सजिलो भएको उल्लेख गरेका छन।

गुरागाईंले संघर्ष समितिले कर वृद्धि ज्ञापन पत्र दिदा ब्यबहारिक रुपमा अध्ययन गर्नु भनेर सुझाब दिएपनि आन्दोलनको रुपमा नलिन आग्रह समेत गर्दै नगरप्रमुख गुरागाईं काठमाडौ विशेष कामका लागी गएको जानकारी गराउदा गराउदै तालाबन्दी गरेको प्रति आपति जनाए।

आन्दोलनको क्रममा ब्यक्तिगत आक्षेप आरोप र चरित्र हत्या गरेको प्रति नगरप्रमुख गुरागाईले खेद प्रकट गर्दै जनताको समस्या समाधान गर्न आफु लागिरहेको बताए।
आर्थिक ऐनको बिषयमा बार्ता माध्यम समाधान नहुने प्रष्ट उल्लेख भएको बताए। कर अनावश्यकरुपम तिरेको हो भने कर फिर्ता सम्बन्धि व्यवस्था समेत भएको उल्लेख गरे ।

तर नगरप्रमुखले बार्ता बसिरहदा यति प्रतिशत घटाउने बिषयमा केहि बोल्न सकेन। आज नगरपालिका भित्र अर्थ विज्ञ भएको भए आन्दोलनको स्थिति आउने थिएन हालको ब्यबस्था अनुसार कर तिर्नु पर्ने , हिंउदे नगरसभाबाट परिमार्जन गरी लाने बताएका छन ।

बिगत एक साता अघि कर वृद्धि ज्ञापन पत्र बुझाए पनि नगरपालिकाले सुनुवाइ नगरेपछि सोमवार नगरपालिकामा जनदबाब सृजना गर्दै राजश्व शाखामा तालबन्दी गरेको थियो। नगरपालिकाले समयमै गम्भीरतापुर्वक नलिएपछि आन्दोलन नाराबाजीमा अघि बढेको थियो । एमाले दल भन्दा बाहेक अन्य दल, बिभिन्न संघ, संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

तालबन्दी गर्नका लागी नगर प्रशासन भित्र पस्न खोज्दा प्रदर्शनकारीलाई प्रहरीले भित्र पस्न नदिदा उग्ररुप लिएको थियो। प्रहरी परिचालन गरेर श्रब्यदृष्य समेत खिच्न रोक लगाएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ