माता तिर्थ औंसीको दिन २ सय ४४ जना आमालाई सम्मान


एलएन गच्छदार
बैशाख ७

जेष्ठ नागरिक समाज सुन्दरहरैंचा वडा ३ समितिले जेष्ठ नागरिक सम्मान कार्यक्रम सप्पन्न गरेको छ।
जेष्ठ नागरिक समाज वडा समिति अध्यक्ष भिम बहादुर कार्कीको सभाध्यक्षतामा कार्यक्रम समुदघाटन प्रमुख अतिथि नगर उपप्रमुख अकली चौधरीले गरिन।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख चौधरीले नगरले आव ७९/८० मा ९ लाख बजेट जेष्ठ नागरिकलाई मात्र छुट्याइएकोमा अगामी दिनमा जेष्ठ नागरिकको मागलाई सम्बोधन गर्दै थप आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।

माता तिर्थ तथा आमाको मुख हेर्ने दिनको अवसर पारेर गरिएको उक्त सम्मान कार्यक्रममा वडाकै जेष्ठ नागरिक ९८ वर्षिया आमा मनसरी उराँव लगायत सम्मान गरेको थियो। सुन्दरहरैंचा नगरपालिका वडा ३ कार्यालयको सहयोग रहेको उक्त कार्यक्रममा २ सय ४४ जना जेष्ठ नागरिक आमालाई सम्मान गरेको थियो।

जेष्ठ नागरिकका लागि सो वडाले १ लाख ५० हजार रकम बिनियोजन गरेकोमा आमाको मुख हेर्ने दिनको शुभकामना ब्यक्त गर्दै वडा अध्यक्ष बिदुर ढुंगानाले अब आउने दिनमा जेष्ठ बुवाहरुलाई सम्मान गर्ने बिषयमा जोड दिएका थिए।

त्यसैगरी सो वडाका उधोगपति तथा समाजसेवी जेष्ठ नागरिक टंक कार्कीले जेष्ठ नागरिकको लागि १ लाख ५१ हजार १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापनाका लागि सहयोग गरेका छन।

पुर्व वडा अध्यक्ष तथा उधोग बाणिज्य संघ सुन्दरदुलारी अध्यक्ष जीवन डुंगानाले जेष्ठ नागरिक आमाबुबालाई सम्मान र अधिकारको संरक्षण गर्न सक्दैन भन्ने त्यस्तो नेतृत्वको काम नरहेको भन्दै जेष्ठ नागरिक समाज वडाले गरेको कार्यक्रम प्रशंसा गर्दै जेष्ठ नागरिक समाज नगरकार्य समितिले यस्ता किसिमको कार्यक्रम गर्न सुझाव समेत दिए।

उक्त कार्यक्रममा ताओ एसोसियसन संस्थाका ताओको सिनियर गुरु छिएन रन ताइवान र काठमाडौबाट ताओ गुरु प्रकाश भट्टराई , जेष्ठ नागरिक सुन्दरहरैंचा अध्यक्ष राम कार्की , वडा अध्यक्ष बिदुर ढुंगाना जेसिज अध्यक्ष प्रदिप बिष्ट लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको संचालन जेष्ठ नागरिक सहजकर्ता रिता दहालले संचालन गरेकी थिइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *