ढुकुर जोडी दम्पति को-को बनेछ्न ? निवेदनको आह्वान

ढुकुरलाई प्रेमको प्रतिक मानिन्छ । प्रेमको प्रतिक मानिने ढुकुरको नाम जोडेर मोरङको सुन्दहरैँचा नगरपालिकाले उत्कृष्ट दम्पतीको खोजी सुरु गरेको छ । समाजमा मिलेर बसेका उत्कृष्ट दम्पतीलाई सम्मानका लागि सुन्दरहरैँचाले ढुकुर जोडीको खोजी सुरु गरेको हो ।

सुन्दरहरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईंका अनुसार, पालिकाले हरेक वडाबाट १–१ उत्कृष्ट दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान प्रदान गर्नेछ । सुन्दरहरैँचामा १२ वटा वडा छन् ।

 

सुन्दरहरैंचा नगरपालिकाले ढुकुर जोडी (मिलेर बसेका दम्पत्ती) खोजेको छ । सुचना नै जारी गर्दै ढुकुर जोडीहरुलाई निवेदन दिन आह्वान गरेको छ ।

न्यायिक समितिमा पती पत्नी बिचको झै झगडा र मुद्धा बढ्दै गएको समयमा लामो समयदेखि सुखद् दाम्पत्य जीवन यापन गर्दै आएका उदारणीय ढुकुर जोडीलाई सम्मान गर्नका लागि खोजि गरेको जनाएको छ । ढुकुर जोडीबाट समाजले धेरै कुरा सिक्न सक्ने र सम्बन्ध विच्छेद तथा लैंगिक हिंसाका घटनाहरु न्युनिकरण गर्दै जाने उद्देश्य लिइएको जनाएको छ ।

जोडीहरुले आवेदन दिनका लागि न्युनतम शर्तसमेत राखेको छ । जसमा विवाह भएको १० वर्ष पुरा गरेको हुनुपर्ने, श्रीमान् श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनु पर्ने, विवाह दर्ता गरेको हुनुपर्ने, स्थायी रुपमा सुन्दरहरैंचा नगरपालिका बसोवास गरेको हुनुपर्ने, निरन्तर रुपमा संयुक्त परिवारमा बसेको हुनुपर्ने, बुवाआमा वा सासुससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने, हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति, लगायतका निकायहरुमा वा समाजमा श्रीमान् श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्न, वैदेशिक रोजगारमा २ वर्ष भन्दा बढी नबसेको जस्ता शर्त राखिएको छ ।

उल्लेखित शर्तहरु पुरा गरेका जोडीहरुले फर्म भरेर सहभागिता जनाउन सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *