मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन शिलान्यास, ८३ चैत्रमा सम्पन्न हुने

मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन शिलान्यास, ८३ चैत्रमा सम्पन्न हुने

पथरी शनिश्चरे समाचारदाता, जेठ-५ गते
मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोमबार शिलान्यास भएको छ ।
नगरको वडा नं. १०, शिविर डाँडामा नगर प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देविमाया काफ्लेको हातबाट इँटा राखेर भवनको शिलान्यास गरिएको हो ।
सरकारी जग्गा प्रकृया पु¥याएर नगरको भोगाधिकार ल्याएपछि १२ कठ्ठा क्षेत्रमा प्रशासनिक भवन बन्न लागेको हो ।
पाँच तलाको भवन २० करोड ३ लाख २३ हजारको लागतमा बन्ने पथरीशनिश्चरेका प्रमुख प्रशासकीय अधिकृत शशी राईले बताउनुभयो ।
बैशाख ४ गते निर्माण व्यवासायीसँग २०८३ चैत्र मसान्तसम्ममा भवन सक्नुपर्ने सम्झौता भएको पथरीशनिश्चरे नगरका प्रमुख प्रशासकीय अधिकृत शशश्र राईले सुनाउनुभयो ।
भवनको लागि नगरले ४ करोड ७० लाख छुटाएको, नेपाल सरकारले भवन निर्माणको लागि १२ करोडको आधा रकम दिने व्यवस्था रहेको र अन्य स्राेत जुटाएर भवन निर्माण सम्पन्न हुने अधिकृत राईको भनाइ थियो ।
शिलान्यास कार्यक्रमको अध्यक्षता गर्नु भएका नगरप्रमुख मोहनप्रसाद तुम्वापाेले सरकारी जग्गा नगरपालिकाको नाममा ल्याउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यावाद दिनुभयो । प्रमुख तुम्वापाेले नगरको प्रशासनिक भवन बन्ने वातावरण बनाउने सम्पूर्णलाई जस जाने र आफूले मात्र नदिने बताउनुभयो ।
कार्यक्रममा संविधान सभा सदस्यद्वय चण्डीप्रसाद राई, लालबहादुर सुस्लिङ मगर, पथगरीशनिश्चरे नगरका प्रर्ब प्रमु्ख दिलिपकुमार राई, पूर्व शनिश्चरे गाविस अध्यक्ष मोहन न्यौपाने, नेपाली कांग्रेसका नगर उपसभापति कुलबहादुर गुरुङ लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा नगरपालिकाको पूर्व उपप्रमुख यमुना विष्ट वास्ताेला , पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, वर्तमान र पूर्व वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक पार्टीका नगर स्तरीय नेताहरु, विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति भएको थियो ।
१० नम्बर वडा अध्यक्ष जीवन खतिवडाले स्वागत गर्नुभएको कार्यक्रम नगरका शिक्षा विभाग प्रमुख नवीन खुलाल बुढाथोकीले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *